Tuesday, 26 September 2017 11:14 am, Nepal

लोडसेडिङले यस्तो फाइदा पनि भएछ !

मेचीकाली : 2014-03-12 16:57:10


सिन्धुली, २८ फागुन : जिल्ला स्वास्थ्य कार्यालयका सिन्धुलीका डाक्टर राहुल झाले जिल्लामा लोडसेडिङ भएपछि सडक दुर्घटना शुन्य भएको वताएका छन् । जिल्लामा लोडसेडिङ नहुँदा मादक पदार्थ सेवन गरेर सवारी दुर्घटना धेरै हुने गरे पनि लोडसेडिङ सुरु भए पछि अहिले एउटा पनि सवारी दुर्घटनाका केशहरु अस्पतालमा नआएको डाक्टर झाले बताए । 

लोडसेडिङगको असर सवै क्षेत्रलाई परे पनि मादक पदार्थ खाएर हुने दुर्घटनामा शुन्य भएको दावी डाक्टर झाको छ ।

 लोडसेडिङ भए पछि होटलहरु चाँडै वन्द हुने गरेका कारण मादक पदार्थ सेवन गर्नेको संख्या कम भएकाले दुर्घटना नभएको उनले बताए । सिन्धुलीमा करिव सात महिनादेखी लोडसेडिङ भएको थिएन भने एक महिना अघिदेखी मात्रै विद्युत प्राधिकरणले लोडसेडिङ सुरु गरेको थियो । दोलखा जिल्लाको माथिल्लो तामाकोसीबाट उत्पादन हुने विद्युत सिन्धुली सदरमुकाम हुँदै धनुषाको ढल्केवरमा रहेको सवस्टेशन सम्म पु¥याउन प्रयोग हुने विद्युत, हाइटेन्सन टावर निर्माण गर्न कमलामाई नगरपालीका ७ का स्थानिय वासिन्दाले अवरोध गरे पछि सरकारले ८ महिना अघि सिन्धुली सदरमुकामलाई लोडसेडिङ मुक्त गरेको थियो । 

जिल्लामा लोडसेडिङ भएपछि पनि हाईटेन्सन लाइनले असर गर्ने भन्दै कमलामाई नगरपालीका ७ ठुलिटारका स्थानिय वासिन्दाले अवरोध गरेपछि पुन लोडसेडिङ सुरु भएको हो ।

सिन्धुली दर्पणबाट

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु