Tuesday, 26 September 2017 02:49 pm, Nepal

पत्रकार महासंघ सिन्धुलीमा तालाबन्दी, लोकतान्त्रिक विधिवाट नेतृत्व चयन गर्न माग

मेचीकाली : 2014-03-08 08:45:27


सिन्धुली, २४ फागुन : नेपाल पत्रकार महासंघ सिन्धुली शाखामा अनिश्चितकालका लागि ताला लागेको छ । फागनु २१ र २२ गते  सिन्धुलीमाढीमा भएको नवौ अधिवेसनले सहमतिको नाममा अवैधानिक तरीकाले कार्यसमिति चयन गरेको भन्दै पत्रकार विनोद रायमाझीको नेतृत्वमा महासंघमा अनिश्चितकालिन तालाबन्दी गरिएको हो  । 

अधिवेशनको बन्दसत्रमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन मण्डलवाट उम्मेदवारी दर्ता गराइ अन्तिम नामवाली समेत प्रकाशन भैसकेको अवस्थामा केही पार्टी निकट संगठनका प्रतिनिधिहरुबीच सहमति भएको भन्दै चयन गरिएको अवैधानिक कार्य समिति खारेज गर्नुपर्ने र लोकतान्त्रिक पद्धतिवाट नयाँ नेतृत्व चयन गर्नुपर्ने उनिहरुको माग रहेको छ । आफुहरुले राखेको मागहरुप्रति गम्भिर नभए संघर्षका थप कार्यक्रहरु गरिने पत्रकार काजिमान थिङले बताउनुभयो । सिन्धुली शाखामा द्वारिका काफ्लेको अध्यक्षतामा नया कार्यसमिति चयन भएको घोषणा भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु