Tuesday, 26 September 2017 11:49 pm, Nepal

पत्रकार महासंघ सिन्धुलीको अध्यक्षमा काफ्ले

मेचीकाली : 2014-03-07 17:19:13


सिन्धुली, २३ फागुन  : पत्रकार महासंघ सिन्धुलीको अधिवेशन द्धारिका काफ्लेको अध्यक्षतामा १२ सदस्य सिन्धुली शाखा गठन गर्दै सकिएको छ ।  बाँकी एकजना पछि मनोनयन गरिने महासंघले जनाएको छ । वुधवार नै सम्पन्न गरिने भनिएको अधिवेशन संगठनहरुवीचको विवादले टुंगोमा पुग्न सकेको थिएन ।त्रिपक्षिय चुनावी मैदानमा जाने करिव पक्कापक्की भएकावेला आकस्मिक वार्ता वसेर प्रेस चौतारीका द्धारीका काफ्लेको अध्यक्षतामा नयाँ सहमति जुटेको हो ।

 नयाँ कार्यसमितिको उपाध्यक्षमा युनियनका बाबुराम देवकोटा, सचिवमा युनियनकै राजन कार्की, सहसचिवमा क्रान्तिकारीका नविन श्रेष्ठ, कोषाध्यक्षमा क्रान्तिकारीका गणेश दर्जी सहमतिमा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा ध्रुवचन्द्र खड्का, वरुण लामिछाने, लोकहरी आचार्य, अन्जु तामाङ्, चिना थापा, टिकाजंग थापा र माधव देवकोटा चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु