Wednesday, 20 September 2017 06:44 pm, Nepal

उम्मेदवारहरुले अझै बुझाएनन् निर्वाचन खर्च बिवरण

मेचीकाली : 2014-03-05 08:43:33


डडेल्धुरा, २१ फागुन : संबिधान सभाको निर्बाचन भएको चार महिना बितिसक्दा पनि डडेल्धुराका निर्बाचनमा भाग लिने दलहरु उम्मेदवारहरुले अझै पनि निर्बाचन खर्च विवरण बुझाएका छैनन ।  निर्बाचन भएको एक महिना भित्रै निर्वाचानमा लागेको खर्चको बिबरण जिल्ला निर्बाचन कार्यलयमा बुझाउनु पर्ने प्राबधान भए पनि डडेल्धुराबाट चुनाबमा भाग लिएका पाँच वटा दलहरुका उम्मेदवारहरुले अझै पनि निर्वाचन खर्च विरण बुझाएका छैनन् ।

 निर्वाचन खर्च विवरण नबुझाउनेमा मधेशी जनअधिकार फोरम नेपालका सन्तोषकुमार भट्ट, राष्टिय जनमुक्ति पार्टिका मोहनसिंह सारुमगर, खस समाबेशी पार्टी दलबहादुर साउँद, अखण्ड सुदुरपश्चिम पार्टी नेपालका उपेन्द्रराज जोशी र शान्ति पार्टी नेपालका नरेशबहादुर थापाले रहेका छन । चार महिना सम्म पनि चुनाब खर्च बिवरण नबुझाएपछि कारवाही नगर्नुको कारण माग्दै जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले पाँचवटै उम्मेदवारलाई पत्राचार गरीसकेको छ ।

 पाँचवटालाई कारवाही नगर्नुको मुनासिब कारण सहितको पत्र पठाईएको जिल्ला निर्वाचन अधिकारी भक्तराज जोशीले बताउनु भयो । दोस्रो संबिधान सभा निर्वाचनमा एक मात्रै क्षेत्र रहेको डडेल्धुराबाट १५ दल र एक स्वतन्त्रण गरि १६ जना उम्मेदवार थिए । उम्मेदवार रहेका ११ जनाले भने पुस महिना भित्रै आफ्नो खर्च विरण बुझाई सकेको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु