Tuesday, 26 September 2017 11:56 pm, Nepal

डडेल्धुरामा ८ हजारलाई साक्षरता बनाउने अभियान तिव्र

मेचीकाली : 2014-02-22 08:49:00


डडेल्धुरा, १० फागुन : डडेल्धुरामा ८ हजारलाई साक्षरता बनाउने अभियान तिव्र पारिएको छ । सन् २०१५ सम्म सबै निरक्षरलाई साक्षर बनाउने सरकारको लक्ष्य अनुरुपनै डडेल्धुरामा यो अभियान तिव्र पारिएको जिल्ला शिक्षा कार्यालय डडेल्धुराका प्रमुख खुबिराम अधिकारीले बताउनुभयो ।  

कतिपय क्षेत्रहरुमा भौतिक स्रोतसाधनको कमी, निरक्षरहरुको पहिचान गर्न नसक्नु, सीमान्तकृत र श्रमिकलाई साक्षरता कक्षामा सहभागी गराउन चुनौती भएपनि अभियान जारी नै भएको अधिकारीले बताउनुभयो । साक्षर अभियानमा सहभागीलाई  उनीहरुलाई सिपमुलक र व्यवसायमुलक तालिम प्रदान गरी स्वरोजगारतर्फ उन्मुख गराउने लक्ष्य लिइएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु