Sunday, 24 September 2017 12:34 pm, Nepal

आफु पढेको बिद्यालयलाई साँढे सात लाख सहयोग

मेचीकाली : 2014-02-22 08:43:42


ताप्लेजुङ, १० फागुन : मेहेले गाविस–३, माङदेनका एक युवाले मलेसियामा कमाएको साँढे सात लाख रुपैयाँ लगानी गरेर आफु पढेको बिद्यालयलाई भौतिक सहयोग गरेका छन् । वैदेशिक रोजगारीमा गएर व्यवसाय सुरु गरेका राजेन्द्र लिङदेनले नीलगिरी उच्च माध्यमिक विद्यालयलाई सहयोग गर्नुभएको हो । उहाँले सोलार प्यानल, ब्याट्री, इन्भर्टर, छ थान कम्प्युटर, प्रिण्टरलगायतको सामग्री उपलब्ध गराउनुभएको प्रधानाध्यापक इन्द्रप्रसाद कटुवालले बताउनुभयो । 

सदरमुकाम फुङलिङबाट दुई दिनको पैदलमा रहेको दुर्गम गाउँ मेहेलेमा अहिलेसम्म यातायात सुविधा पुगेको छैन । स्थानिय दिवस भण्डारीका अनुसार टेलिफोनको पनि सबैतिर पहु“च छैन । गाउँलेको आकांक्षाले खुलेको उच्च माविमा अहिलेसम्म पनि भौतिक सुविधा राम्रो नभएको अवस्थामा पाएको सहयोगले राम्रो लाभ लिने प्रधानध्यापक कटुवालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु