Wednesday, 27 September 2017 12:00 am, Nepal

१९ अर्बभन्दा बढीमा गुगलले किन्न खोजेको थियो ह्वाट्सएप

मेचीकाली : 2014-02-21 16:45:30


वासिङटनः गुगलले १९ अर्ब अमेरिकी डलरभन्दा बढीमा ह्वाटसएप किन्न खोजेको भए पनि यसका संस्थापकहरुले अस्वीकार गर्दै फेसबुकलाई बेच्ने निर्णय गरेको खुलासा भएको छ। बेलायतको द टेलिग्राफमा छापिएको समाचार अनुसार ह्ववाट्सएपका संस्थापकद्वय जान काउम र ब्रायन एक्टनले फेसबुकको हातमा ह्वाटसएप आउन नदिन मात्रै गुगलले यस्तो अफर गरेको विश्वास गर्दै अस्वीकार गरेका हुन्।

द इन्फरमेसनले जनाए अनुसार फेसबुक सिइओ मार्क जुकरवर्गले भेटेको केही दिनपछि गुगल प्रमुख ल्यारी पेजले ह्वाटसएपका सिइओ जान काउमलाई भेटेका थिए। सो वार्तामा पेजले काउमलाई "तपाईँहरुको योजना अनुसार नै स्वतन्त्र रहनुस्, तपाईँहरु फेसबुकका लागि ठूलो चुनौति हो" भनेका थिए।

गुगलको अफर अस्वीकार गर्नुको पछाडि फेसबुकले जस्तै बोर्ड अफ डाइरेक्टरमा बस्ने प्रस्ताव नराखेको अनुमान पनि गरिएको छ। फेसबुक र गुगलबीच कडा प्रतिस्पर्धा रहँदै आएको छ। सोसल नेटवर्किङमा गुगलको गुगल प्लसले फेसबुकलाई जित्न सकेको छैन।

फेसबुकले १९ अर्ब डलरमा यसै साता ह्वाटसएप खरिद गरेको थियो। ह्वाट्सएपका सिइओ जान काउम युक्रेनमा हुर्केका थिए। सन् ९० को दशकमा अमेरिका प्रवेश गरेका उनी सरकारले दिने खानाको कुपनबाट जीविका चलाउँथे।

आफ्नो घर युक्रेनमा फोन गर्नलाई थुप्रो रकम लाग्ने देखेर उनी दिक्क हुन्थे। पछि स्काइपको आगमनपछि अन्तर्राष्ट्रिय कलको रकम नाटकीय रुपमा घट्यो। स्काइप अहिले माइक्रोसफ्टले किनिसकेको छ। काउमले त्यसैबाट प्रभावित भई मोबाइल फोनबाट टेक्स्ट मेसेज गर्न यो एप बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु