Sunday, 24 September 2017 12:24 pm, Nepal

एक दाना सुन्तलाको मूल्य २५ रुपैयाँ !

मेचीकाली : 2014-02-21 08:38:27


ताप्लेजुङ, ९ फागुन : ताप्लेजुङमा एक दाना सुन्तलाको मूल्य २५ रुपैयाँ पर्ने भएपछि महङ्गो रकम तिरेरै भएपनि सुन्तला किन्नुपर्ने बाध्यता रहेको उपभोक्ताको भनाइ छ ।  एक दाना सुन्तलाको मूल्य २० देखि २५ रुपैयाँ पर्छ । दानाका हिसावले कमै मात्र बेचिने फुङलिङ बजारमा तीन दानाको एक भाग हुन्छ, त्यसलाई खरिद गर्न उपभोक्ताले ६० रुपैंया खर्च गर्नुपर्छ । 

अलि राम्रा र ठूला दाना भए प्रतिदाना २५ रुपैंया पर्छ । सुन्तलाको सिजन सकिएकाले मूल्य महँगो हुनु स्वभाविक भएपनि हालको मुल्य ‘मुल्य बृद्धिको अचाक्लीदो रुप’ भएको दोखु–७ की निर्मला गुरुङले बताउनुभयो । गत साल १० रुपैयाँमा पाइने सुन्तलाको मूल्य यसपाली दोब्बर बढेकाले किनेर खान गाह्रो परेको उहाँको भनाइ छ । तर उत्पादन नै घट्नु तथा माग बढि हुनुका कारण बोटमै महँगो परेको आफूहरुले पनि महङ्गोमा सुन्ताला बेच्नु परेको विक्रेता लालमाया विकले बताउनुभयो । 

जिल्ला कृषि विकास कार्यालयले भने सालिन्दा उत्पादन घट्दै गएको र माग चाही आकासिएका कारण मुल्य ह्वात्तै बढेको जनाएको छ । कार्यालयका प्राविधिक सहायक प्रकाशमणि काफ्ले तीन साल यता सुन्तलाको उत्पादनमा गिरावट आएकाले मूल्य बढेको बताउनुभयो । १ हजार ६ सय ८२ हेक्टर क्षेत्रफलमा अमिलोजन्य फलफुलको खेती गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु