Wednesday, 20 September 2017 06:45 pm, Nepal

युवकले आफैंले घरमै बनाए बिजुलीको ट्रान्समिटर

मेचीकाली : 2014-02-19 17:35:08


दार्चुला दार्चुलाको ग्वानी गाविस वडा नम्बर–७ लेकगाउँका एक युवकले घरमै आफै बिजुलीको ट्रान्समिटर निर्माण गरेका छन् । गोकुलेश्वर बहुमूखी क्याम्पसबाट व्यवस्थाप विषयमा स्नातकोत्तर अध्ययन पूरा गरेका लेकगाउँका २७ वर्षिय नरेश रावलले घरमै सामान मगाई आफै बिजुलीको ट्रान्समिटर निर्माण गरेका हुन् । हाल ग्वानी–८ बरमुडेमा निर्माण गरिएको बरमुडे लघुजल विद्युतमा अपरेटरसमेत रहेका रावलले धनगढीबाट सामान मगाएर घरमै बिजुलीको ट्रान्समिटर निर्माण गरेको बताउनुभयो । 

लघुजल विद्युतमा काम गर्न थालेपछि विजुलीका लाइनहरु जडान गर्न विभिन्न जिल्ला घुम्ने क्रममा ट्रान्समिटर बनाउने सीप सिकेको र आफु अपरेटर रहेको जघुजल विद्युतमा पटक÷पटक खराबी आउने गरेकाले विद्युतमा परीक्षण गर्नका लागि घरमै ट्रान्समिटर निर्माण गरेको रावलले बताउनुभयो । रावलले २० हजार मुल्य बराबरका दुईवटा ट्रान्समिटर निर्माण गरेका छन् । रावलले बनाएका ट्रान्समिटर अहिले बरमुडे लघुजल विद्युतका दुईवटा पोलमा जडान गरिएका छन् । ट्रान्समिटर जडान गरिएपछि विद्युत लाईन रातभरी बिना अवरोध सञ्चालन भएको रावलले बताउनुभयो । रावलको यो काम देखेर गाउँले पनि खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु