Sunday, 24 September 2017 12:21 pm, Nepal

दुर्घटनामा रविन्द्रको निधनपछि शोकमा डुब्यो पनौती

मेचीकाली : 2014-02-17 13:38:10


काभ्रे, ५ फागुन : अर्घाखाँचीमा भएको विमान दुर्घटनामा काभ्रेका एक जनाको पनि ज्यान गएको छ । विमान दुर्घटनामा परी काभ्रेको पनौती घर भएका रविन्द्र बञ्जाराको ज्यान गएको हो । उनी दुर्घटनाग्रस्त विमानका कोपाइलट हुन् । उनको निधनपछि अहिले पनौती क्षेत्र शोकमा डुबेको छ । बन्जारा ६ बर्षअघि नेपाल वायुसेवा निगममा प्रवेश गरेका थिए । निगमकै छात्रवृत्तिमा उनले मलेसियाबाट पाइलट कोर्स पुरा गरेका थिए । 

२८ बर्षीय बन्जारा हाल अर्थशास्त्र लिएर स्नातकोत्तर तह अध्ययनरत थिए । पछिल्लो पटक उनी गत माघ २५ गते पनौतीस्थित घरमा आएको परिवारले जनाएको छ । त्यसपछि बिहीबार बाबु दुर्गा बन्जारासँग उनले अन्तिमपटक सम्पर्क गरेका थिए । परिवारका जेठा छोरा रहेका रविन्द्रका पिता दुर्गा नेपाल टेलिकममा कार्यरत छन् । गत बर्ष असोजमा काठमाडौंमा सीता एअरको दुर्घटना हुँदा बनेपाकी रुजा शाक्यको निधन भएको थियो । उनी विमानको परिचारिका थिइन् । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु