Tuesday, 26 September 2017 11:57 pm, Nepal

माइक्रोसफ्टमा भारतीय सिइओ

मेचीकाली : 2014-02-05 10:27:22


भारतीय नागरिक सत्या नडेला माइक्रोसफ्टका नयाँ सिईओ चुनिएका छन् । टेक्नोलोजीको दुनियामा तहल्का मच्चाएको कम्पनी माइक्रोसफ्टका सिइओका लागि एकसय भन्दा बढी दाबेदार रहेकोमा क्लाउड एन्ड इन्टरप्राइजका प्रमुख रहेका नडेलालाई नयाँ सिइओ चयन गरिएको हो ।यसअघीका सिइवोले स्टीव बामरले अवकाश लिएपछी उनलाई सिइओ चयन गरिएको हो । नयाँ सिइओ बनेसंगै नडेला माइक्रोसफ्टको ३९ बर्षिय इतिहासमा तेश्रो सिइओ बनेका हुन् ।

उनी सन् १९९२ देखि माइक्रोसफ्टमा आवद्ध थिए । यता सो कम्पनीका अध्यक्ष बिल गेट्सले अध्यक्ष पद त्याग गर्ने जानकारी दिंदै उनको ठाउँमा जोन टामसन नयाँ अध्यक्ष बन्ने माइक्रोसफ्टले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु