Sunday, 24 September 2017 12:22 pm, Nepal

१० बर्षको भयो फेसबुक

मेचीकाली : 2014-02-04 16:24:36


विश्वकै सर्वाधिक चर्चित सामाजिक सञ्जाल फेसबुकको मंगलबार १० औ वार्षिक उत्सव मनाउदैछ । सन् २००४ मा आजकै दिन फेसबुकका जन्मदाता मार्क जुकरवर्गले हारवर्ड युनिभसिर्टीबाट फेसबुककलाइ अनौपचारिक रुपमा सुरुवात गरेका थिए ।  जसको नाम जुकरवर्गले द फेसबुक राखेका थिए । एक दशकको यो छोटो अवधीमा अहिले वेव र मोवाइलमा गरी फेसबुकका १२ करोड ३० लाख भन्दा बढी प्रयोगकर्ताहरु रहेका बताइएको छ ।

फेसबुकको बिकासक्रम :

-सन् २००४ र २००५ मा फेसबुकले आफ्नो नया नेटवकिर्ङ प्रोफाइल

-सन् २००४ र २००५ मा फेसबुकले आफ्नो नेटवर्क मार्फत व्यापार पनि गर्‍यो, फेसबुकका व्यापार विक्रेता केभिन कोलेर्याकनले पहिलो पटक दिनमा १० देखि २० डलर एक दिनमा कमाउथे ।

-सन् २००५ मा फेसबुकले आफ्नो नया डिजाइन बनायो

-सन् २००६ मा फेसबुकले आफ्नो प्रयोगकर्ताको लागि न्युजफिड र मिनि फिडको विकास, उसको आलोचना भयो  

-सन् २००७ मा फेसबुकले आफनो प्रोफाइल, टाइमलाइनलगायतका फिचरहरु परिवर्तन गर्‍यो

-सन् २००८ मा फेसबुक प्रयोगकर्ताहरु बढेर १० करोड पुगेपछि नया फेसबुक च्याटको सुरुवात, यसले प्रयोग कर्ता झन बढे

-सन् २००८ मै फेसबुकले द वाल र  आइफोनको लागि फेसबुक एप्लिकेशन बनायो

-सन् २००९ मा फेसबुकले प्रयोगकर्ताले आफ्नो बारेमा कुनै घटना टाइमलाइनमा पोष्ट गर्दा उसको सर्कलमा रहेको साथी बाहे अन्यलाई पनि जाने बनायो

-सन् २००९ मा फेसबुक प्रयोगकर्ताको संख्या ३० करोड पुग्यो

-सन् २०१० मा फेसबुकले प्रोफाइल डिजाइनमा नेभिगेसनलाई परिमाजिर्त गर्‍यो

-सन् २०१० मा फेसबुक प्रयोगकर्ताको संख्या ५० करोड पुग्यो

-सन् २०१२ मा पनि फेसबुक न्युज फिड पहिलाको जस्तै राखियो,  टिकरमा परिवर्तन

-सन् २०१२ मा म्यासजे आउने र पठाउने इनबक्समा पनि केही सुधार

-सन् २०१३ मा टाइमलाइनमा परिवर्तन

-सन् २०१४ मा फेसबुक प्रयोगकर्ता १२ करोड ३० लाख भन्दा बढी

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु