Tuesday, 26 September 2017 04:53 pm, Nepal

जगदीशपुर तालको पर्यटकीय विकासका लागि चरा महोत्सव

मेचीकाली : 2014-02-02 08:51:14


कपिलबस्तु– विश्व सिमसार क्षेत्रमा सुचीकृत जगदीशपुर तालको प्रचार प्रसार र पर्यटकीय विकासका लागि दुई दिने चरा महोत्सव आयोजना हुने भएको छ । १८औं विश्व सिमसार दिवसको अवसर पारेर माघ १९ र माघ २० गते तालक्षेत्रमा पहिलो पटक चरा महोत्सव गर्न लागिएको हो । विश्वव्यापी रुपमा सचेतना फैलाउन सन् १९७१ देखि सुरु भएको विश्व सिमसार दिवस नेपालले पनि हरेक वर्È मनाउदै आएको छ । 

ताललाई चरा अबलोकनको राम्रो पर्यटन गन्तब्य बनाउन महोत्सब आयोजना गर्न लागेको जगदिशपुर ताल बहुसरोकार मंचका संयोजक तथा स्थानीय विकास अधिकारी रामप्रसाद पाण्डेले बताउनुभएको छ । महोत्सबमा प्राप्त सुझाबपछि थप योजना बनाएर चरा पर्यटनलाई नेपालमा नमुना बनाउने योजना रहेको छ । महोत्सबमा चरा, प्रकृति र सिमसारको अन्तरसम्वन्ध झल्कने बृत्त चित्र, पोस्टर पम्पलेट र तस्बिरहरु प्रर्दशन गरिने जनाईएको छ । महोत्सबका बेला चरा र सिमसार संरÔणका लागि सचेतना गर्ने कार्यक्रम गर्न लागिएको छ । महोत्सवमा आउने सबैलाई चरा अबलोकन नजिकबाट गराउन बाईनाकुलरबाट देखाईने छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु