Wednesday, 25 April 2018 12:04 am, Nepal

ओखलढुंगाको थाक्लेमा बस दुर्घटना ३ जनाको मृत्यु, ४० जना भन्दा बढी घाइते

मेचीकाली : 2014-01-31 17:55:55


ओखलढुंगा, १७ माघ : ओखलढुंगाको थाक्ले ८ सोक्माटारमा बस दुर्घटनामा परि ३ जनाको मृत्यू भएको छ । दुर्घटनामा परि ४० जना भन्दा बढि घाईते भएका छन् । सिन्धुलीको झाँगाझोली रातमाटेबाट हलेसी दर्शनका लागि खोटाङ जाने क्रममा ओखलढुंगाको थाक्ले ८ सोक्माटारमा आज अपरान्ह बस दुर्घटना भएको थियो । 

ना २ ख ७०६३ नं.को बस सडकबाट अनियन्त्रीत भई ३ सय मिटर तल खसेको ओखलढुंगा प्रहरी प्रमुख गोविन्द अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकहरुको पहिचान हुन बाँकि रहेको छ । घाईतेहरुलाई उद्धार गरी उपचारका लागि राजधानी लगाएतका ठाँउमा पठाईएको छ । यस सम्बन्धी थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु