Wednesday, 20 September 2017 06:40 pm, Nepal

पत्रकार महासंघको सदस्यता वितरणमा चलखेल भएको गुनासो

मेचीकाली : 2014-01-31 08:47:54


कञ्चनपुर, १७ माघ : पत्रकार महासंघको नयाँ सदस्यता लिने पत्रकार महासंघ कञ्चनपुर शाखाको ब्यापक त्रुटि रहेको भन्दै आलोचना भएको छ । गरि जिल्लाका काम गर्ने अरु क्रियाशिल पत्रकारहरुले पनि महासंघको चलखेलका कारण सदस्यता पाउनबाट बन्चित हुनुपरेको पत्रकार नविन धामीले बताउनुभयो । 

आफूले आठ वर्ष पत्रकारिता गर्दा समेत महासंघको सदस्यता नपाएको शुक्लाफाँटा एफएमका सम्पादक चुडामणि अर्यालयले बताउनुभयो । लगातार तीन पटक महासंघको सदस्यताका लागि आफूहरुले आवेदन फाराम भरेपनि महासंघको शाखा कञ्चनपुरले आप्mना नजिकका पत्रकार तथा कुन पार्टी नजिकको त्यसलाई मात्रै सिफारिसका लागि पठाउने गरेको सम्पादक अर्यालको भनाई छ । यस्तै शुक्लाफाँटा एफएममै आठ वर्ष देखि पत्रकारिता गरिरहेका समाचार सह सम्पादक सरोज धामीले पनि कुनै पार्टीको सदस्यता नलिए वाफत आफुहरु महासंघको सदस्य बन्नबाट बन्चित भएको बताउनुभयो । 

यसैबीच देशैभरि महासंघको सदस्यता पाउने क्रममा क्रियाशिल पत्रकार भन्दा पनि महासंघका पदाधिकारी नजिकका मानिसले सदस्यता पाएकोले चर्काे आलोचना भइरहेको छ । यस विषयमा पत्रकार महासंघ शाखा कंचनपुरका सचिव लक्ष्मण तिवारीले जिल्लाबाट आवेदन भरेका सबै पत्रकारहरुको नाम केन्द्रमा पठाएको र केन्द्रबाट नै केहीको नाम छुटेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु