Tuesday, 26 September 2017 02:58 pm, Nepal

९९ विद्यालयमा ईन्टरनेटसहितको कम्प्युटर कक्षा सञ्चालन हुने

मेचीकाली : 2014-01-30 08:44:25


खोटाङ– शैक्षिकसत्रदेखि खोटाङका मावि तथा निमावि गरी ९९ विद्यालयमा ईन्टरनेटसहितको कम्प्युटर कक्षा सञ्चालन हुने भएको छ । आधुनिक प्रविधिसँग जोडेर कक्षा सञ्चालनका लागि जिल्ला शिक्षा कार्यालयले यस वर्ष जिल्लाका ६० वटा मावि र ३९ निमाविलाई ईन्टरनेटसहितको कम्प्यूटर व्यवस्था गर्न रकम वितरण गरेको हो । 

शिक्षा विभागको विद्यालय क्षेत्र सुधार कार्यक्रम एसएसआरपीअन्तर्गत विद्यालयलाई इन्टरनेटसहितको कम्यूटर व्यवस्थापनका लागि रकम प्रदान गरिएको जिल्ला शिक्षा कार्यालय खोटाङका योजना तथा कार्यक्रम अधिकृत अशोक पराजुलीले बताउनुभयो । इन्टरनेटसहितको कम्प्युटर कक्षा व्यवस्था गर्नका लागि ९९ विद्यालयको खातामा प्रतिविद्यालय १ लाख ४० हजारका दरले रकम जम्मा दिइएको पराजुलीको भनाइ छ । शिक्षा विभागबाट प्राप्त भएको रकममा ६० हजार थप गरी २ लाख पु¥याएर इन्टरनेटसहितको कम्यूटर व्यवस्था गर्ने शर्तमा विद्यालयको खातामा रकम जम्मा गरिदिएको शिक्षा कार्यालयले जनाएको छ । निमाबिको हकमा कक्षा ८ सञ्चालन गरिरहेका विद्यालयलाई मात्र इन्टरनेटसहितको कम्प्यूटर वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु