Saturday, 23 September 2017 06:01 am, Nepal

हामीले हाम्रो स्तर भन्दा निकै तलको खेल खेलेका छौ : पारस खड्का

मेचीकाली : 2014-01-27 12:52:25


 एक दिवसीय विश्वकप क्रिकेटमा छनोट हुने लक्ष्यका साथ न्यूजिल्याण्ड गएको नेपाली क्रिकेट टोली लज्जास्पद पराजय बेहोर्दै घर फर्कंदैछ । सातौं स्थानका लागि भएको खेलसमेत गुमाएपछि नेपाली टोलीको स्तर कमजोर रहेको बताइन थालिएको छ । विश्वकप छनौट प्रतियोगिताको प्लेअफ चरण अन्तर्गत सातौ स्थानको लागि नेदरल्याण्ड संग खेलिएको खेलमा पराजय पछि नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का र प्रशिक्षक पुबुदु दासानायके संग गरिएको कुराकानी ।

पारस खड्का :-

नेदरल्याण्ड हामी भन्दा निकै बलियो  टोलि हो ?

पारस :- समग्रमा हामीलेनै राम्रो खेल्न सकेनौ र आज पनि हामीले निकै खराब खेल्यौ । हामी जे कुराको लागि जनिने गर्छौ मुस्किल समयमा हामीले त्यो सामर्थ्य देखाउन सकेनौ । हामी प्रत्यक दिन राम्रो गर्ने प्रयास गरिरहेका छौ तर प्रदर्शन निक्लन सकेकै छैन । एकै शब्दमा भन्नु पर्दा हामीले हाम्रो स्तर भन्दा निकै तलको खेल खेलेका छौ ।

ब्याटिंग क्रममा धेरै परिवर्तन हुनुले माथिल्लो श्रेणीको ब्याटिंगले सोचे अनुरुप प्रदर्शन नगर्नुको कारण हो  ? 

पारस :- खेलाडीहरुनै प्रदर्शन गर्न सकीरहेका छैनन् र हामी संग जोडी भन्दा पनि राम्रो प्रदर्शन खोज्ने बाहेक अरु विकल्प छैन । अन्यथा सबै खेलाडीको टिममा खेल्ने आफ्नै बिशेष भूमिका छ । कसैले पनि प्रदर्शन गरिरहेका छैनन् त्यसैले पनि हाम्रो आवस्यकतानै जित्ने बाटोहरु पत्ता लगाउनु हो ।

एउटा कप्तानको रुपमा त्यस्तो पक्ष टिमको भन्न सक्नु हुन्छ जसमा तपाई सफल नभए पनि सन्तुस्ट हुनुहुन्छ ? 

पारस :- मैले छैन भन्नै पर्छ । हामीले प्रत्यक खेलमा खेलको प्रत्यक हिस्सामा सन्तुस्ट हुने प्रदर्शन गर्न सकेनौ । बलिंग भन्दा ब्याटिंग हाम्रो खराब प्रदर्शनको बढी कारण बन्यो ।

अब एउटा मात्रै खेल बाँकी रहेको अवस्थामा मानिसहरु भन्न थालेका छन् कि नेपाली टिमले जित्नै बिर्सीसक्यो र जित बिनानै घर फर्कने छ ? 

पारस :- हामीले प्रत्यक खेल जित्नकै लागि खेल्यौ तर दुखद रुपमा हामीले नेपाली क्रिकेट इतिहासकै सायद सबै भन्दा खराब प्रदर्शन गर्यौ । बिगत २ बर्षमा हामी निकै सफल भयौ तर यो प्रतियोगितामा सबैकुराको अन्त्य दुखद हुनपुग्यो । हाम्रो राम्रो प्रदर्शनमा जतिले खुसि मनाएका छन् , आशा छ त्यसरीनै हाम्रो खराब दिनमा पनि साथ दिनेछन् । हामीले यो प्रतियोगितामा केहि गल्ति गरेका छौ तर हामीले अझै पनि हाम्रो प्रत्यक हार बाट सिक्ने ठाउँ छ । मलाई आशा छ सबै खेलाडीहरुले आफ्नोआफ्नो गल्तिहरु महसुश गर्ने छन् र सिक्ने छन् जसले  नेपाली क्रिकेटलाई राम्रो गर्नेछ ।

नेपाली समर्थकहरुले गरेको धेरै आशाहरुले टिमलाई दबाब श्रीजना गरेको हो ?

पारस :- हामीलाई यसको बानि परिसकेको छ र हामीलाई राम्रो थाहा छ आशाहरु निकै ठुलो छ । हामी माफी माग्न चाहन्छौ कि हामीले फ्यानहरुको आशाअनुरुप प्रदर्शन गर्न सकेनौ । एउटा तरिकाले यसले दबाब पनि श्रीजना गर्छ तर हामि प्रयास गरिरहेका छौ कि त्यो जितको लयमा पुनः फर्कन सकौ । तर हामीले एउटा कुरा बुझ्नु जरुरि छ कि हाम्रो भुमिका अझ जिम्मेवार तरिकाले बहन गर्न जरुरि छ । अझै पनि सबैजना यसकै लागि अघि बढ्दै छन् तर कहिलेकाहीं चाहेको जस्तो हुँदैन ।

पुबुदु दासानायके :- 

नेदरल्याण्ड हामी भन्दा निकै राम्रो टोलि थियो ?

पुबुदु :- म त्यस्तो पनि भन्दिन किनभने हामी उस्तै दाँजोमानै छौ तर कुराहरु हामीले चाहेको जस्तो भैरहेको छैन । म निकै दुखि छु किनकि हामीलाई समर्थन गर्ने सबैलाई निराश बनाएका छौ  , हामीले हार्नुको प्रमाणित कारणहरु भएपनि त्यसलाई माफी माग्ने बहाना बनाउनु उपयुक्त हुँदैन । हामी अझै पनि आफ्नो अन्तिम खेल सम्म आत्मसमर्पण गर्ने छैनौ ।

खेलाडीहरु घाइते हुनुले क्षति भएको हो ? 

पुबुदु :-  अवस्य पनि महत्वपूर्ण खेलाडीहरु घाइते भए । खेलाडीहरु निकै चिन्तित छन् कि अहिले सम्म एउटा खेल पनि जित्न सकेका छैनन् । हामीले यो कठिन समय संग मुकाबिला गर्ने पर्छ र सबैलाई थाहा छ त्यो मात्रै एउटा उपाय हो ।

अझै एउटा खेल बाँकि छ , के छ योजनाहरु ?

पुबुदु :-  हामी आवस्यकतापुर्बक जितनै हेर्दैछौ । अवस्य पनि जितको साथनै प्रतियोगिता अन्त्य गर्न चाहन्छौ ।

-खेलकुद पत्रकार देवेन्द्र सुवेदीले लिएको यो अन्तरवार्ता www.cricketlok.com बाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु