dashain
Wednesday, 17 October 2018 07:05 am, Nepal

कार्यालय समयमा भट्टी छिर्ने कर्मचारी हाजिर गर्न प्रहरीमा जानुपर्ने

मेचीकाली : 2014-01-27 08:49:49


अछाम, १३ माघ : कार्यालय समयमा कार्यालयमा नगई भट्टीमा बसेर रक्सी खाने अछामका १० जना सरकारी कर्मचारीले अबदेखि हाजिर गर्न जिल्ला प्रहरी कार्यालयमा जानुपर्ने भएको छ । स्वास्थ्य क्षेत्रका १० जनालाई बिहान १० बजे जिल्ला प्रशासन र बेलुकी ५ बजे जिल्ला प्रहरी कार्यालयमा हाजिर गर्नुपर्ने व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर रामबहादुर केसीले जानकारी दिनुभयो ।

 कार्यालय जाने बेलामा र कार्यालय सकिएको बेला रक्सी खाएको छैन भन्ने प्रमाण्ँित गर्न यसरी हाजिर लगाउन थालिएको डाक्टर केसीले जानकारी दिनुभयो । कर्मचारीको आचरण्ँ सुधारका लागि यस्तो गरिएको डाक्टर केसीको भनाइ छ । स्वास्थ्य क्षेत्रका छैटौं तहका अहेब २ जना, अहेब १ जना, महिला अनमी २ जना र ५ जना कार्यालय सहयोगीलाई जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा हाजिर लगाउन थालिएको हो । 

तर उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन । जिल्ला प्रशासन कार्यालयले कर्मचारीको आचरण्ँ सुधारका लागि पहिलो चरण्ँमा यस्तो प्रयास थालिएको र सुधार नभए निजामती सेवा ऐनअनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु