Sunday, 24 September 2017 02:33 pm, Nepal

अब सरकारी स्कूलमा पनि डिजिटल कम्प्यूटर तालिमको संचालन

मेचीकाली : 2014-01-13 15:55:47


बुटवल–

अब सरकारी स्कूलका विद्यार्थीहरु पनि कम्प्यूटरमा साक्षर हुने भएका छन् र कम्प्यूटर शिक्षाको नाममा भइरहेको बजारीकरणबाट बच्ने भएका छन् ।  रुपन्देही जिल्ला स्थित समृद्घि फाउण्डेशन नामक सामाजिक संस्था द्वारा नेपालमा पहिलो पटक सरकारी स्कूलहरुमा "EDU-SMART" नामक डिजिटल कम्प्यूटर तालिमको संचालन गरेको छ । अति अत्याधुनिक HD, HDMI प्रोजेक्टर, ल्यापटप तथा अडियो भिजुवल शिक्षा प्रणाली द्वारा नेपालको पाठ्यक्रमलाई ध्यानमा राखी विशेष रुपले निमार्ण गरिएको डिजिटल कम्प्यूटर तालिमका साथ–साथै अंग्रेजी तथा व्यक्तित्व विकासमा पनि सहायता गरिएको छ ।

 

सरकारी स्कूलका विद्यार्थीहरुलाई बुझ्न सहज होस भनी नेपाली तथा अंग्रजी दुवै माध्यममा यस प्रोग्रामको निमार्ण गरिएको छ । यस कार्यक्रममा सहभागी भएका विद्यार्थीहरुको आत्मविश्वास, अंगे्रजी बोल्ने तथा बुझ्ने क्षमतामा पनि अविश्वसनीय परिवर्तन देखिएको छ ।

यस कार्यक्रम अन्र्तगत एक दिने अभिमुखि कार्यक्रममा भैरहवा उच्च माध्यमिक विद्यालय, भैरहवा तथा श्री ठुठीपीपल माध्यमिक विद्यालय, ठुठीपीपल रुपन्देहीका हजारौँ विद्यार्थीहरु सहभागी भई लाभान्वित भएका छन् साथ–साथै एक महिने EDU-SMART प्रोग्राम अन्र्तगत लगभग ३०० भन्दा बढी विद्यार्थीहरुले लाभ लिएका छन् ।

यस प्रोजेक्टको संचालन वहाँहरु द्वारा भएको हो जो आफ्नो क्षेत्रको अति प्रतिष्ठित व्यक्ति हुन् जस्तै विदेशमा फेसबुक जस्ता बहु प्रतिष्ठित सामाजिक संजालमा कम्प्यूटर इन्जिनयर भएर काम गरि सकेका र हाल इण्डियन आर्मड फोर्स का DSP (शिक्षा अवकाशमा) विभुति ठाकुर, जगदम्बा जस्ता बहु प्रतिष्ठित कम्पनीमा आइ.टी. विश्लेषकका रुपमा काम गरिरहेको संजन विक्रम साह यस संस्थालाई नेतृत्व गरिरहेका छन् । यो प्राजेक्ट नेपाल भरिका सरकारी विद्यालयहरुमा चलाउने वहाँहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु