Tuesday, 26 September 2017 02:49 pm, Nepal

खलंगा–तिंकर पर्यटकीय पदमार्ग निर्माण गरिने

मेचीकाली : 2014-01-09 17:39:59


दार्चुला– दार्चुला सदरमुकाम खलंगादेखि ब्यासको तिंकरसम्म पर्यटकीय पदमार्ग निर्माण गरिने भएको छ । जिल्ला सदरमुकाम खलंगाबाट झण्डै २८ कोष उत्तरमा पर्ने त्रिदेशीय सीमा नाका रहेको ब्यासको तिंकरसम्म पर्यटकीय पदमार्ग निर्माण गर्ने महत्वकांक्षी योजना आज सम्पन्न सर्वदलीय र सर्वपक्षीय बैठकले बनाएको हो । स्थानीय विकास अधिकारी बद्रिनाथ अधिकारीको अध्यक्षतामा जिल्ला विकास समितिको कार्यालयमा बसेको सर्वपक्षीय बैठकले यो पदमार्ग निर्माणका लागि जिविस अनुदान कार्यक्रमको क्रमाङगतअन्तर्गत तीन लाख र दुर्गम क्षेत्रको तीन लाख गरी ६लाखभन्दा बढी रकम छुट्याएको छ ।

 एउटा छुट्टै पहिचान र संस्कृतिका धनी सौका समुदायको बसोबास रहेको ब्यास गाविस जानलाई नेपाली भूमिबाट बाटो नहुँदा भारतीय बाटो भएर जानुपर्ने बाध्यता छ । साना योजनाहरुमा जिविसको विकासे बजेट वितरण गरिनुभन्दा समग्र जिल्लाका लागि फाईदा हुने कार्यमा रमक विनियोजन गर्ने राजनीतिक दलहरु बीच सहमति भएपछि पदमार्गका रुपमा विस्तार गर्ने निर्णय भएको हो । एकीकृत नेकपा माओवादीका नेता प्रेमसिह धामीले खलंगादेखि ब्यासको तिंकरसम्म पर्यटकीय पदमार्ग निर्माण गर्ने प्रस्ताव गरेपछि अन्य दलहरुले पनि सहमति गरेका हुन् । तिंकरसम्म पर्यटकीय पदमार्ग निर्माण गर्न सकिए दार्चुलाको विकासले गति लिने नेपाली कांग्रेसका नेता ललितसिह बोहराको भनाइ छ । ब्याससम्म नेपाली भूमि हुदै पदमार्ग विस्तार गर्न सकिए त्रिदेशीय ब्यापारको गतिले पनि तिब्रता पाउने सरोकारवालाहरु बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु