Sunday, 18 November 2018 06:15 pm, Nepal

बस दुर्घटना हुँदा आठको मृत्यु भएको पुष्टि, ३७ घाइते

मेचीकाली : 2014-01-01 18:17:16


सल्यान, १७ पुस : सल्यानको बाँझकाँडा गाविस १ मा आज बिहान बस दुर्घटना हुँदा आठजनाको घटनास्थलमै मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् । काठमाडौबाट रुकुम जाँदै गरेको सिस्ने हिमाल यातायातको लु १ ख ८२९० नम्बरको रात्रीबस आज बिहान ४ बजे दुर्घटना भएको हो । 

यसअघि प्रहरीले ११ जनाको मृत्यु भएको बताए पनि ८ जनाको मात्रै शव भेटिएको हो । दुर्घटनामा परी सल्यान बाँझकाँडा गाविस वडा नं. १ की २८ वर्षका भुमा चलाउने, रुकुम खलंगा १ का ३२ वर्षका आनन्दकुमार केसी, रुकुम खलंगा १ की २२ वर्षका करुणा घर्ति, मूरु ७ झुलखेत रुकुमका २६ वर्षका प्रेमबहादुर बुढामगरको घटनास्थलमै मृत्यु भएको छ ।

यस्तै घटनामा परी दाङ घोराही घरभई रुकुम महेन्द्र दल गणमा कार्यरत नेपाली सेनाका हवलदार ३७ वर्षका राजेश बुढा, खलङ्गा १ रुकुमकै २३ वर्षका सुजनशाही र आठविसकोट रुकुमका प्रेमी बुढाको तीन वर्षको छोराको समेत घटनस्थलमै मृत्यु भएको छ । बस दुर्घटना हुनुको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राठौरले बताउनुभयो । बसचालक समेत गम्भिर घाइते भएकोले थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको जिल्ला अस्पताल सल्यानले जनाएको छ । गम्भिर घाइते भएका १८ जनालाई सामान्य उपचारपछि थप उपचारका लगि नेपालगञ्ज रिफर गरिएको प्रहरी निरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिनुभयो ।

रातको बेला दुर्घटना भएको र बस शारदा नदीमा खसेकोले चिसोले गर्दा उद्धारमा कठिनाई भएको प्रहरीको भनाइ छ । घटनालगतै इलाका प्रहरी कार्यालय थारमारेबाट आएको प्रहरीको टोली र स्थानीयवासीले घाइतेहरुको उद्धार गरेका थिए भने घटनाको खबर पाउनासाथ जिल्लाबाट थप प्रहरी टोली नेपाली सेना सल्यान रुकुम यातायात व्यवसायी समितिका कर्मचारी तथा पदाधिकारीहरु समेत घटनास्थल पुगेर उद्धारकार्यमा सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु