dashain
Wednesday, 17 October 2018 06:56 am, Nepal

दलहरुका कारण नै मानव अधिकार हनन हुने गरेको मूख्य सचिवको भनाई

मेचीकाली : 2013-12-29 17:44:52


डोटी, १४ पुस : नेपाल सरकारका मुख्य–सचिव लीलामणी पौड्यालले नेपालमा राजनीतिक दलहरुका कारण नै मानव अधिकार हनन्का घटना बढी हुने गरेको बताउनु  भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय काठमाण्डौले आज  डोटीको सिलगढीमा आयोजना गरेको चौथो मानव अधिकार राष्ट्रिय कार्ययोजना मस्यौदा सम्बन्धी क्षेत्रिय गोष्ठीमा बोल्दै उहाँले राजनितिक दलका कारण पीडितलाई न्याय दिलाउन  बनेका सरकारी निकाय पनि निरिह बनेको बताउनुभयो ।

 अँझै सुदूरपश्चिमका जनताले पाउनु पर्ने सेवा सुविधा समेत प्रभावकारी ढङ्गले पाउन नसकेको विषय आफुलाई समेत महशुस भएको उहाँको भनाई छ । दिपायल क्षेत्रिय सदरमुकाम भएता पनि प्रायजसो क्षेत्रिय कार्यालय धनगढीमा रहेको र क्षेत्रिय स्तरका कार्यक्रम समेत कैलाली, कञ्चनपूर तथा नेपालगञ्जमा हुने गुनासो कार्यक्रममा सहभागीले गरेपछि मूख्य–सचिव  पौड्यालले कार्यक्षेत्रमा आफ्नो कर्तव्यप्रति जिम्मेवार नहुने जो कोहिलाई कार्वाही हुने बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव राजुमान सिंह मल्ल, पुनरावेदन अदालत दिपायलका मूख्य न्यायाधिश ईश्वर खतिवडा, विभिन्न क्षेत्रिय कार्यालयका प्रमूख, जिल्ला कार्यालयका प्रमूख, नागरिक समाजका अगुवाहरु, कानुन व्यवसायी, सञ्चारकर्मि लगाएतको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु