dashain
Monday, 15 October 2018 04:53 pm, Nepal

जुम्लाका नब्बे प्रतिशत सरकारी कार्यालय प्रमुखविहीन

रासस : 2013-12-28 11:06:47


जुम्ला, १३ पुस : जुम्ला जिल्लाका ९० प्रतिशत सरकारी कार्यालय अहिले प्रमुखविहीन रहेका छन् । सभा, सेमिनार, गोष्ठी र तालिमको बहाना गर्दै कार्यालय प्रमुखहरू तल झर्न थालेपछि जिल्लाका अधिकांश कार्यालय प्रमुखविहीन भएका हुन् । केही सरकारी कार्यालयका प्रमुख भने जानकारी दिएर बिदा, काज र गोष्ठीमा गएका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले बताउनुभयो । 

सहरी विकास तथा भवन डिभिजन, जिल्ला हुलाक, सहकारी डिभिजन, महिला तथा बालबालिका कार्यालय त वर्षौंदेखि निमित्तले सञ्चालन गरिरहेका छन् । यतिबेला झन् जिल्लाका सबै कार्यालय प्रमुख नहुनुले जनताका विकासका काममा बाधा पुगेको पत्रकार महासंघ, जुम्लाका अध्यक्ष बरमबहादुर महतले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी थापाले बिदा, काज, गोष्ठी वा तालिमका लागि जानकारी पत्र स्वीकृत नगराएर जाने कार्यालय प्रमुखलाई आवश्यक कारबाही गरिने बताउनुभयो । 

जिल्लाका ४६ वटा सरकारी कार्यालयमध्ये भूसंरक्षण, को.ल.नि.का., नेपाल खाद्य संस्थान, मालपोत, जिल्ला प्रशासन र घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मात्र यतिबेला जिल्लामा रहेका छन् । 

यसरी कार्यालय प्रमुख बाहिरिएपछि निमित्त प्रमुखले सकी नसकी सेवाग्रहीलाई चित्त बुझाएर पठाउने गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु