Sunday, 24 September 2017 12:34 pm, Nepal

सगरमाथा राष्ट्रिय निकुञ्जमा पर्यटक घटे

रासस : 2013-12-25 13:51:54


सोलुखुम्बु-सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खुम्बु क्षेत्रमा गत वर्षको मङ्सिरमा भन्दा यो वर्षको मङ्सिरमा पर्यटकको सङ्ख्या १०७ जनाले घटेको छ । गत वर्षको मङ्सिरमा सार्क क्षेत्रबाट ४६ र तेस्रो मुलुकबाट दुई हजार ७२६ गरी कुल दुई हजार ७७२ जना पर्यटकले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमण गरेकामा यो वर्ष कुल दुई हजार ६६५ जनाले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् । 

सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको तथ्याङ्कअनुसार यस वर्ष सगरमाथा राष्ट्रिय निकुञ्जमा ९५४ महिला र एक हजार ७११ जना पुरुष गरी कुल दुई हजार ६६५ जना पर्यटकले भ्रमण गरेका छन् ।   

यस वर्षको मङ्सिरमा सार्क क्षेत्रबाट १५ र तेस्रो मुलुकबाट दुई हजार ६३४ जना खुम्बु क्षेत्रको भ्रमणमा आएका छन् । खुम्बु भ्रमण गर्न आएका विदेशी पर्यटकमा नौजना १० वर्षमुनिका बालबालिका रहेका थिए । 

मङ्सिरमा सातजना पर्यटकले अध्ययन तथा विविध विषयमा गरी निःशुल्क भ्रमण आदेश लिएका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेका सहायक वार्डेन लक्ष्मणप्रसाद पौडेलले जानकारी दिनुभयो । मङ्सिरमा सगरमाथा राष्ट्रिय निकुञ्जले कुल ६० लाख ८१ हजार ५५५ रुपैयाँ ६० पैसा राजस्व सङ्कलन गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु