dashain
Wednesday, 17 October 2018 12:41 am, Nepal

सामाजिक विषयमा धेरै विद्यार्थी फेल भएपछि छलफल सुरु

मेचीकाली : 2013-12-20 08:40:49


जुम्ला, ५ पुस : अँग्रेजी, गणित र विज्ञानभन्दा सामाजिक विषयमा बढी विद्यार्थी अनुत्तिर्ण हुन थालेको भन्दै जुम्लाका शिक्षकहरु चिन्तित बनेका छन् । केहि शिक्षकले सामाजिक विषयको पाठ्यक्रम र पाठ्यपुस्तक परिमार्जन गर्नु पर्ने बताएका छन् भने केहिले शिक्षकको पेशागत क्षमता विकास गर्नु पर्नेमा जोड दिएका छन् । 

विद्यार्थीले सामाजिक विषयलाई महत्व नदिएका कारण पनि अनुत्तिर्ण हुनेको सँख्या बढीरहेको उनीहरुको भनाइ छ । सामाजिक विषय अध्यापन गराउनका लागि विषय शिक्षकको व्यबस्था गर्न उनीहरुले सरोकारवाला निकायसँग माग गरेका छन् । सामाजिकमा धेरै विषयलाई समेटेको र जसले पढाए पनि हुन्छ भन्ने सोचका कारण शिक्षकले विद्यार्थीलाई बुझाउन नसकेको उनीहरुको तर्क छ । चन्दननाथ उच्चमाध्यामिक विद्यालयका प्रधानाध्यापक राजुशरण न्यौपानेले सामाजिकमा २० पूर्णाङ्कको प्रश्न पाठ्यपुस्तक भन्दा बाहिरबाट आउने र शिक्षक तथा विद्यार्थी नयाँ घटनासँग अद्याबधिक नहुने कारण समस्या भएको बताउनुभयो । 

सामाजिक विषयका शिक्षकको क्षमता विकासका लागि सके ६ महिना नसके १ वर्षमा एक पटक तालिमको आयोजना गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । जनज्योती मावि बारकोटेबाडाका प्रधानाध्यापक तेज बहादुर शाहीले सामाजिक विषयप्रति विद्यार्थी र अभिभावकको बेवास्ताका कारण अनुत्तिर्ण हुने विद्यार्थीको सँख्या बढीरहेको बताउनुभयो । विद्यार्थीले अँग्रेजी, विज्ञान र गणित विषयको ट्युशन पनि पढ्ने र घरमा पनि विशेष ध्यान दिने तर सामाजिकलाई कक्षामा पढेको भरमा परीक्षा दिँदा असफल हुनु परेको उहाँको भनाइ छ । शैक्षिक तालिम केन्द्र जुम्लाको आयोजनामा सञ्चालन भएको सामाजिक विषयका शिक्षकका लागि ५ दिने शिक्षक पेशागत विकास तालिम आज सकिएको छ । तालिममा विभिन्न गाविसका २० वटा विद्यालयका शिक्षकहरुको सहभागिता रहेको केन्द्रले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु