Tuesday, 26 September 2017 04:54 pm, Nepal

मुगुमा रुघाखोकीको महामारी, डेढ सातामा चार जनाको मृत्यु

योगेन्द्र योगेन : 2013-12-17 18:42:43


चाहिएका बेला स्वास्थ्यकर्मी छैनन्

मुगु, २ पुस :  जिल्लाको उत्तरी क्षेत्रको भिइ गाविसमा फैलिएको रुघाखोकीको महामारीका कारण चार जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मुगुले जनाएको छ । गएको डेढ हप्तादेखि फैलिएको रुघाखोकी र निमोनियाको महामारीले भिइ गाविस–१ का ६५ वर्षीय धनरुप सेजुवाल र  उनको पत्नी ६० वर्षीया बाँचु सेजुवालको मङ्सिर २७ गते मृत्यु भएको र मृत्यु हुने अन्य दुई जनाको पूर्ण जानकारी आई नसकेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख रणबहादुर बोगटीले जानकारी दिनुभयो । 

उनीहरुको घरमा कोही नभएका र छोराबुहारी कमाउनका लागि भारततर्फ गएकाले मृतक सेजुवाल दम्पत्तीको दाहसंस्कार गाउँलेले गरेको स्थानीयवासीले जनाएका छन् । 

प्रमुख बोगटीका अनुसार सदरमुकाम गमगढीदेखि महामारी प्रभावित क्षेत्र दुईदिन टाढा रहेकाले जानकारी आउन ढिलाइ भएको हो ।

ढिलो गरी महामारी फैलिएको जानकारी आएकाले जिल्ला स्वास्थ्य कार्यालयका चिकित्सक प्रशान्त कँडेलको नेतृत्वमा चार सदस्यीय स्वास्थ्यकर्मीको टोली महामारी प्रभावित क्षेत्रमा खटाउने तयारी भइरहेको प्रमुख बोगटीले जानकारी दिनुभयो । 

रुघाखोकीको महामारीले चार जनाको ज्यान गइसक्दा पनि सो गाविसमा रहेको स्वास्थ्य चौकीमा तीन महिनादेखि स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको स्थानीयवासी पृथ्वी बुढाले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु