dashain
Wednesday, 17 October 2018 07:11 am, Nepal

भारतीय पेन्सन वितरण क्याम्प सुरु

मेचीकाली : 2013-12-09 08:47:43


गुल्मी, २४ मंसिर : आज देखि गुल्मीको सदरमुकाम तम्घासमा भारतीय पेन्सन वितरण क्याम्प सुरु भएको छ । प्रत्येक वर्ष कात्र्तिकको अन्तिम साताबाट सुरुहुने पेन्सन क्याम्प संविधानसभाको निर्वाचनले गर्दा अहिले ढिला भएको हो । 

क्याम्पमा गुल्मी, अर्घाखाँची, बागलुङ, प्युठान र पर्वत जिल्लाका करिव ८ हजार ५ सय पूर्व भारतीय सैनिकहरुलाई पेन्सन बितरण गरिने बोर्डका सचिव सन्त बहादुर खड्काले जानकारी दिनु भयो । उहाँका अनुसार आज देखि पौष ७ गते सम्म बिहान ७ बजे देखि साँझ ५ बजे सम्म पेन्सन बितरण गरिनेछ । भारतीय राजदुतवासले हरेक बर्षको २ पटक ६÷६ महिनामा पेन्सन क्याम्प संचालन गर्ने गरेको छ ।

 पेन्सन बितरण गर्ने सिजनले गर्दा आज सदरमुकाम तम्घासमा चहलपहल बढेको छ । टाढा टाढाका पेन्सनरहरु तम्घास आउने भएकोले चलपहल बढेको हो । पेन्सनरहरुले पेन्सन बुझेसंगै किनमेल गर्ने भएकाले क्याम्प नजिकैको बाख्रेछेडा सडक खण्डमा व्यापारीहरुको पनि बाक्लो उपस्थिति रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु