dashain
Wednesday, 17 October 2018 04:29 pm, Nepal

श्रीमतीको जीउमा तातो खोले

मेचीकाली : 2013-12-01 19:09:11


बारा, १६ मंसिर : तेह्र वर्षको उमेरमा विवाह गरेर २३ वर्षसँगै बिताएकी सरस्वती भारतीलाई आफ्नै पतिले जीउमा तातो खोले खन्याउँदा उनी गम्भीर घाइते बनेकी छिन् ।  बारा, डुमरवाना–४ भारतीचोककी ३५ वर्षीया सरस्वतीलाई ४५ वर्षीय पति थलबहादुरले शनिबार राति घरमा जुठो लोटाउँदै गर्दा भैँसीको लागि पकाएको खोले खन्याई घाइते बनाएका हुन् ।

तीन वर्षयता पतिबाट हिंसा भोग्दै आएकी सरस्वतीले मदिराले मातिएका पतिले तातो खोले खन्याई दिएपछि न्यायका लागि आज प्रहरी कार्यालयमा पुगेकी छिन् । 

छिमेकी महिलासँगै इलाका प्रहरी कार्यालय सिमरा आएकी सरस्वतीले पतिबाट लगातार हिंसा भोग्दै आएको गुनासो पोखिन् । 

सरस्वतीले पतिविरुद्ध प्रहरीमा सार्वजनिक मुद्दा दर्ता गराएकी छिन् । तीन सन्तानकी आमा सरस्वतीले दुई छोरी र एक छोरामाथिसमेत अत्याचार गर्ने गरेको भन्दै पतिको अत्याचारको सहन नसकेर १७ वर्षकै उमेरमा एक वर्षअघि जेठी छोरीको विवाह गरिदिएको बताइन् ।

आर्थिक अवस्था दयनीय भएका कारण घर चलाउन मजदुरी गर्दै आएकी सरस्वतीले शनिवार साँझ पनि घर बनाउने ठाउँमा ईंट्टा बोकेर फर्केकी थिइन् । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु