Tuesday, 26 September 2017 04:56 pm, Nepal

UPDATE : डडेल्धुरा दुर्घटनामा ११ जनाको मृत्यु, ४ जनाको सनाखत

मेचीकाली : 2013-12-01 13:45:35


घाइतेहरुको उपचार जारी

डडेलधुरा, १६ मंसिर : डडेल्धुराको मेलखर्कमा बस दुर्घटना हुँदा मृत्यु भएका ११ जनामध्ये चार जनाको सनाखत भएको छ । दुर्घटनामा परि मृत्यु भएका मध्ये बाजुराको कैलाशमाडौं ८ का ३३ बर्षिय लक्षीराम थापा, सुरबहादुर अधिकारी, दलबहादुर अधिकारी र हरिलाल खत्रीको मात्रै सनाखत भएको हो । 

बाजुराको तिपाडाबाट कैलालीको धनगढीतर्फ आउँदै गरेको मालिका यातायातको ना ५ ख ७८९ नम्बरको बस आज बिहान मेलखर्कमा दुर्घटना हुँदा १० जनाको घटनास्थलमै मृत्यु भएको थियो । यस्तै थप एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले दुई महिला र आठ पुरुषको घटनास्थलमा र एक जनाको सुदूरपश्चिमाञ्चल उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । दुर्घटनामा परि घाइते भएका ३५ जनामध्ये १८ जनालाई उपक्षेत्रीय अस्पताल र १७ जनालाई कैलालीका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ । घाइतेमध्ये नौ जनाको अवस्था गम्भीर रहेको छ । बस सडक देखि करिब ३ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु