Saturday, 23 September 2017 06:02 am, Nepal

डडेल्धुराको मेलखर्कमा बस दुर्घटना हुँदा कम्तीमा पनि १० जनाको मृत्यु

मेचीकाली : 2013-12-01 08:36:41


डडेल्धुरा, १६ मंसिर : डडेल्धुराको मेलखर्कमा बस दुर्घटना हुँदा कम्तीमा पनि १० जनाको मृत्यु भएको छ । बाजुराबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको मालिका यातायातको ना ५ ख ७८९ नम्बरको बस डडेल्धुराको मेलखकमा दुर्घटना भएको हो । बिहान ५ बजेतिर भएको उक्त दुर्घटनामा परी ३० भन्दा बढी यात्रु घाइते भएका छन् ।

 घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । दुर्घटनामा परी मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन भने घाईतेहरुलाई उपचारको लागि धनगढि र डडेल्धुरा पठाउने काम भई रहेको छ । रातीको समयमा गाडि चलाउँदै गर्दा ड्राईभर निदाएकोले गाडि दुर्घटनामा परेको हुन सक्ने प्रहरीले बताएको छ । प्रहरी निरीक्षक केशब बोहराका अनुसार गाडिमा स्याउले ट्राफिक पोष्टमा चेकजाँच गर्दा ३६ जनाको ईन्ट्री भएपनि गाडिमा ४० जना भन्दा बढी यात्रुहरु रहेका थिए । गाडि सडक भन्दा २५० मिटर तल क्षतिग्रस्त अवस्थामा रहेको छ । अहिले पनि घटनास्थलमा नेपाली सेना र नेपाल प्रहरीको टोलीले उद्धारको काम गरिरहेको छ ।  गाडी चालक भने फरार रहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु