Tuesday, 26 September 2017 11:18 am, Nepal

निर्वाचन परिणामवारे तमरा अभियानको धारणा

मेचीकाली : 2013-11-27 17:02:18


संविधान सभाको निर्वाचनको परिणामलाई हामीले अप्रत्याशित र आश्चर्यको रूपमा लिएका छैनौं । चार पक्षीय राजनीतिक संयन्त्रले षडयन्त्रपूर्ण ११ सूत्रीय सम्झौता गरेकै दिन हामीले भनेका थियौं कि, “विद्यमान केही संवैधानिक र कानूनी प्रावधानमा सुधार नभै निर्वाचन हुने कुरामा सहमति जनाएर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आङ्खनो मृत्यूपत्रमा हस्ताक्षर गरेको छ ।”

 यसपछि पनि पुनः वि.स. २०७०, कार्तिक ३ गते विराटनगरमा सम्पन्न भएको तराई मधेस राष्ट्रिय अभियानको राष्ट्रिय परिषदको निर्णयमा हामीले भनेका थियौं–“राज्यले हठपूर्वक चुनाव गराएपनि भावी संविधान सभाले राज्यको रूपान्तरण सहितको संविधान बनाउन सक्दैन । संविधान सभाले मधेसी, जनजाति, दलित, महिला र बहिष्कृत समुदायको न्यून प्रतिनिधित्वलाई स्थापित गर्नेछ । भावी संविधान सभाले मधेसी समुदायको राजनीतिक अधिकारको मांगलाई अस्वीकार गर्नेछ र मधेस आन्दोलन पछिका सबै सहमतिहरूलाई समाप्त पार्नेछ । निर्वाचन निष्पक्ष हुने छैन ।” यस्ता भयावह परिणामहरूका वारेमा हामीले महन्थ ठाकुर, बिजय गच्छदार, राजेन्द्र महत्तो तथा उपेन्द्र यादव जस्ता मधेसी पार्टीका अध्यक्षहरूलाई सचेत गराएका थियौं । तर, सत्ता समर्पण र मुद्दा विसर्जनको आत्मघाती बाटोमा लागिसकेका यी सत्ता मतान्ध ‘अमृतालिंगम प्रवृति’ का नेताहरूले हाम्रो तथ्यपूर्ण र बस्तुपरक निष्कर्षलाई मानेनन् । जस्को दुर्गति आज यिनीहरूले भोग्नु परेको छ । आज हाम्रो ठहर छ कि, हामीले संविधान सभाको निर्वाचनमा सहभागी नभएर ठिक कदम चालेका थियौं । मधेसी समुदायको अधिकार प्राप्तिका लागि अब हामीले एक नयां क्रान्तिकारी धारको निर्माण गर्न कम्मर कस्ने वेला आएको छ ।  

संविधान सभाको निर्वाचनमा सहभागी भएका सत्तालोलुप एवं गैर क्रान्तिकारी, अवसरवादीहरूको लज्जाजनक पराजय मधेसी जनताको पराजय होईन । यस कथित निर्वाचनको परिणामलाई मधेसी जनताको हारको रूपमा चर्चा गरेर भावी आन्दोलनलाई हतोत्साहित नगर्न हामी सबैमा अनुरोध गर्न चाहन्छौं । वास्तवमा यस निर्वाचनमा मधेसी जनताले नै कथित धोकेवाज र यथास्थितिवादी मधेसी नेताहरू र तिनका पार्टीलाई सजाय दिएको हो । मधेसी जनता अजेय छन्–जनतालाई र जनताको क्रान्तिकारी चिन्तनको धारलाई यो कथित षडयन्त्रपूर्ण निर्वाचनको परिणामले हतोत्साहित गर्न सक्दैन । अब यो निश्चित भएको छ कि, चुनावमा जित्ने मुख्य दलहरूले संघीयता विरोधी संविधान ल्याउने कसरत गर्नेछन् । यस्को पूर्वाभाष हुने वक्तव्यहरू आउन थालिसकेको छ । पराजित भएका महन्थ ठाकुर, बिजय गच्छदार, राजेन्द्र महत्तो तथा उपेन्द्र यादवहरू फेरी पनि सत्ताको फोहरी खेलमा लाग्छन नै । गधालाई धोएर गाई बनाउन सकिन्न् । हाम्रो विचारमा अब यिनीहरूले राजनीतिबाट अवकाश लिनु उचित हुनेछ । भावी संकटसंग यिनीहरू मुकाबिला गर्न सक्दैनन्, तसर्थ अब निकट भविष्यमा नै मधेसी जनताले ब्योहोर्नु पर्ने कठोर राजनीतिक संकटको मुकाबिला गर्न र एकतावद्ध भै शांतिपूण आन्दोलनको बाटोबाट प्रतिगमनकारी कार्यको प्रतिकार गर्न तराई मधेस राष्ट्रिय अभियानको संगठनिक आवद्धतामा जुट्न मधेसका सबै क्रान्तिकारी शक्तिहरू र जन समुदायमा अपील गर्दछौ । अबको हाम्रो संघर्ष तथा संगठनको कार्यक्रका वारेमा अभियानको भावी निर्णयको जानकारी शिघ्र गराउने  छौं । 

        जय प्रकाश गुप्ता

संयोजक, तमरा अभियान                                                   

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु