Tuesday, 26 September 2017 12:38 am, Nepal

सुदूरपश्चिमको पर्यटकीय तस्बिर प्रदर्शनी हुने

रासस : 2013-11-27 16:36:48


काठमाडौं– सुदूरपश्चिम क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक धरोहर तथा पर्यटन विकासका सम्भावना, अवसर र चुनौतीको बारेमा जानकारी गराउन काठमाडाँैको राष्ट्रिय सभागृहमा मङ्सिर १४ गते शुक्रबारदेखि फोटो प्रर्दशनीको आयोजना गरिने भएको छ ।

 

सुदूरपश्चिम समाजद्वारा आयोजना गरिने सो दुईदिने प्रदर्शनीमा धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवम् पर्यटकीय सम्पदाको महत्व झल्काउने विभिन्न समयमा खिचिएका तस्बिर प्रदर्शन गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

कार्यक्रममा सुदूरपश्चिम क्षेत्रमा प्राकृतिक, सांस्कृतिक र पर्यटकीय आकर्षणका प्रचुर सम्भावना भएपनि भौतिक पूर्वाधार विकासको कमी र प्रचारप्रसारको अभावमा यसक्षेत्रको समुचित विकास हुन नसकेको समाजका अध्यक्ष मायाप्रकाश भट्टले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु