Tuesday, 26 September 2017 02:53 pm, Nepal

सफा मौसम : मनमोहक हिमाल

मेचीकाली : 2013-11-26 13:28:56


रसुवा– हिमाली मौसम सफा रहेका कारण उच्च भागमा भ्रमण गर्ने पर्यटकलाई दृश्यावलोकन गर्न सहज बनाएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज(लारानिंका अनुसार गोसाइँकुण्ड लौरिविनायकको गणेशगौंडाबाट देखिने चारैैतिरका हिमाल, लाङटाङ क्याङ्जेन नजिक रहेको हिमनदी र यालापिक (हिमाल) लगायत हिमाली शृङ्खला अवलोकन गर्न सफा मौसमले साथ दिएको छ ।

पहिलो यामअन्तर्गत हिमाली क्षेत्रमा पुग्ने पर्यटक बिरामी हुने क्रम अत्यन्तै कम रहेको बताइएको छ ।  फिस्टेल एयर उडान प्रबन्धक श्रीहरि कुइँकेलका अनुसार “अहिले  लाङटाङ क्षेत्रमा हेलिकोप्टर उडाउने कार्यमा कमी आएको र फाटफुट मात्र उडान भइरहेको छ ।”

चालु आवको यस अवधिमा करिब सात हजार पर्यटक निकुन्जभित्र प्रवेश गरिसकेका र पर्यटक निकुञ्ज प्रवेश गरेबापत उठ्ने राजस्व रु दुई करोडभन्दा बढी सङ्कलन भइसकेको लारानि कार्यालयले जनाएको छ । यस्तै तामाङ सम्पदा मार्गअन्तर्गत गतलाङ, नागथली, तातोपानी, वृद्धिम क्षेत्रमा पनि पर्यटकको चहलपहल वृद्धि भएका कारण भएको आम्दानीले दैनिक घर खर्च र बालबालिकालाई पठनपाठन गराउन सहज भएको पर्यटन व्यवसायी फुर्पु तामाङले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु