Saturday, 23 September 2017 06:00 am, Nepal

काभ्रेमा ६४ जनाको धरौटी जफत, कसले कति मत ल्याए (सूचीसहित)

मेचीकाली : 2013-11-24 17:25:12


काभ्रे, ९ मंसिर : संविधानसभाको चुनावमा उम्मेदवारी दिएका काभ्रेका ७७ उम्मेदवारमध्ये काभ्रेमा ६४ जना उम्मेदवारको धरौटी जफत हुने भएको छ । काभ्रेमा यसपटक १३ जना उम्मेदवारको मात्रै उम्मेदवारी दर्ता वापत लिइएको धरौटी फिर्ता हुने भएको छ । काभ्रेका चार निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका ७७ जना उम्मेदवारमध्ये नेकपा एमालेका चार, नेपाली काँग्रेसका चार र तीन एकिकृत नेकपा माओवादीका तीन जना र मधेशी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का एक जना उम्मेदवारको मात्रै धरौटी फिर्ता हुने भएको हो । 

निर्वाचन आयोगले कुनैपनि उम्मेदवारले आफुले उम्मेदवारी दिएको निर्वाचन क्षेत्रमा सदर भएको मतको १० प्रतिशत भन्दा कम मत ल्याउने उम्मेदवारको धरौटीवापत लिएको रकम जफत हुने प्रावधान तोकेको छ । आयोगको प्रावधान अनुरुप काभ्रेको निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका नेकपा एमालेका संग्रामजित लामा, विजयी भएका नेपाली काँग्रेसका तीर्थ लामा, एमाओवादीका सूर्यमान दोङको धरौटी फिर्ता हुने भएको छ । यस्तै काभ्रे क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएर विजयी भएका एमालेका रामहरि सुवेदी, काँग्रेसका शिवप्रसाद हुमागाँई, एमाओवादीका अक्कलबहादुर थिङ र फोरम लोकतान्त्रिकका गणेश लामाको मात्रै धरौटी रकम फिर्ता हुने भएको छ । त्यस्तै क्षेत्र नम्बर ३ का एमालेका गोकुल बास्कोटा, यो क्षेत्रबाट विजयी काँग्रेसका कञ्चनचन्द्र बादे, एमाओवादीकी मिना तामाङ र क्षेत्र नम्बर ४ मा विजयी एमालेका विदुर सापकोटा तथा काँग्रेसका कुमार लामिछाने र एमाओवादीका नारायण बानिँयाको मात्रै धरौटी फिर्ता हुने भएको छ । क्षेत्र नम्बर १ मा खसेको मतमा ३२ हजार ६ सय ६५, क्षेत्र नम्बर २ मा ३७ हजार ९ सय ७९, क्षेत्र नम्बर ३ मा खसेको मतमा ४५ हजार ३ सय ८४, र क्षेत्र नम्बर ४ मा ३९ हजार ५ सय ५३ मत मात्रै सदर भएको जिल्ला निर्वाचन कार्यालय काभ्रेले जनाएको छ । 

काभ्रेमा कसले कति मत ल्याए ? 

 निर्वाचन क्षेत्र नं : १     |     जम्मा मतदाता संख्या : ४५९६१     |     गणना भएको सदर मत : ३२६६५
क्र.सं.उम्मेदवारको नामउमेरराजनैतिक दलको नाम / स्वतन्त्रचुनाव चिन्हप्राप्त मतकैफियत
तिर्थ बहादुर लामा४०नेपाली काँग्रेसरुख१२२७०निर्वाचित
सूर्यमान तामाङ दोङ४३एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)गोलाकारभित्र हँसिया हथौडा९७६३ 
संग्राम जित लामा४६नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले)सूर्य९१२५ 
धन बहादुर तामाङ३१सङ्घीय समाजवादी पार्टी, नेपालगोलाकार भित्र छाता२६५ 
चमार सिं तामाङ३९मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक)नमस्कार गरेको हात१९९ 
कामी सिं लामा३६राष्ट्रिय प्रजातन्त्र पार्टीहलो१९२ 
उपेन्‍द्र ढुंगाना४५नेपाली जनता दलपाङ्ग्रो१४४ 
कान्‍छा तामाङ४१शान्ति पार्टी नेपालषट्कोण१३५ 
सिता कुमारी हमाल शाह४६सद्भावना पार्टीतीर११५ 
१०जित बहादुर कुँवर५४राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालगाई११२ 
११वाङ्जु लामा तामाङ४६नेपाल कम्युनिष्ट पार्टीघन कोदाला९६ 
१२दावा दोर्जे योन्‍जन३५संघीय गणतान्त्रिक समाजवादी पार्टी, नेपालडम्फु६२ 
१३टेक बहादुर लामा३६राष्ट्रिय जनमुक्ति पार्टीघर४८ 
१४पेमा सिं घिसिङ तामाङ्३२नेपाल परिवार दलसाँचो३८ 
१५बिदुर प्रसाद न्‍यौपाने४९शिवसेना नेपालडमरु३५ 
१६आस लाल दोङ४६जनमोर्चा नेपालहेलिकप्टर२८ 
१७कृष्‍ण कुमार बैद्य५१नेपाल मजदुर किसान पार्टीमादल१९ 
१८ज्ञान्‍देन तामाङ२५नेपाल श्रमजिवी दलओदान१३ 
१९तेज प्रसाद गौतम२८स्वतन्त्रकाइँयो 
 निर्वाचन क्षेत्र नं : २     |     जम्मा मतदाता संख्या : ५१३५७     |     गणना भएको सदर मत : ३७९७९
क्र.सं.उम्मेदवारको नामउमेरराजनैतिक दलको नाम / स्वतन्त्रचुनाव चिन्हप्राप्त मतकैफियत
राम हरि सुवेदी४८नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले)सूर्य१३५१०निर्वाचित
शिव प्रसाद हुमगाई५२नेपाली काँग्रेसरुख११०४० 
अक्‍कल वहादुर थिङ४३एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)गोलाकारभित्र हँसिया हथौडा५९१३ 
गणेश लामा३५मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक)नमस्कार गरेको हात४९०८ 
आरजु के.सी.४६राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालगाई७९४ 
कोमल बहादुर बस्‍नेत६९नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी)हँसिया र तारा६१४ 
टुल्कु लामा५२राष्ट्रिय प्रजातन्त्र पार्टीहलो३९७ 
वद्री प्रसाद तिमल्‍सिना४१नेपाली जनता दलपाङ्ग्रो२१९ 
ज्ञान वहादुर तामाङ३८सङ्घीय समाजवादी पार्टी, नेपालगोलाकार भित्र छाता२०० 
१०खड्ग वहादुर जिम्‍वा२७संघीय गणतान्त्रिक समाजवादी पार्टी, नेपालडम्फु१०० 
११राजु तामाङ३३राष्ट्रिय जनमुक्ति पार्टीघर६० 
१२नवराज घोरासाइने२६स्वतन्त्रताल्चा साँचो४३ 
१३बुद्धि मान स्‍याङतान३८लिबरल डेमोक्रेटिक पार्टीदमाहा४१ 
१४सानो वावु खत्री३६सद्भावना पार्टीतीर३७ 
१५कृष्‍ण वहादुर तामाङ४२नेपाल मजदुर किसान पार्टीमादल३६ 
१६सुन्‍तला काजी श्रेष्‍ठ५७नेपाः राष्ट्रिय पार्टीखड्ग३६ 
१७जिवन कुमार तामाङ३६जनमोर्चा नेपालहेलिकप्टर३१ 
 निर्वाचन क्षेत्र नं : ३     |     जम्मा मतदाता संख्या : ५७२४९     |     गणना भएको सदर मत : ४५३८४
क्र.सं.उम्मेदवारको नामउमेरराजनैतिक दलको नाम / स्वतन्त्रचुनाव चिन्हप्राप्त मतकैफियत
कन्‍चन चन्‍द्र बादे४६नेपाली काँग्रेसरुख१९३९१निर्वाचित
गोकुल प्रसाद बाँस्‍कोटा४३नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले)सूर्य१६७६१ 
मिना तामाङ३६एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)गोलाकारभित्र हँसिया हथौडा५८८६ 
राजेन्द्र श्रेष्‍ठ४८नेपाल मजदुर किसान पार्टीमादल७७८ 
चन्‍द्र बहादुर खड्का६९राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालगाई७२१ 
गोपाल प्रसाद घिमिरे४२नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी)हँसिया र तारा४०४ 
शैलेन्द्र बहादुर तामाङ६९राष्ट्रिय प्रजातन्त्र पार्टीहलो३४७ 
लोक संग लामा७४मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक)नमस्कार गरेको हात२५९ 
राम हरि तिमल्‍सिना४१नेपाली जनता दलपाङ्ग्रो२३० 
१०निर्मला बास्‍ताकोटी३२नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)हँसिया१८५ 
११जगन्‍नाथ के.सी.६०अखण्ड नेपाल पार्टीध्वजा८८ 
१२जगत लाल श्रेष्‍ठ६०सङ्घीय समाजवादी पार्टी, नेपालगोलाकार भित्र छाता५९ 
१३लेखनाथ सापकोटा२९नेपाल परिवार दलसाँचो५३ 
१४सादुराम ढकाल३४शान्ति पार्टी नेपालषट्कोण४९ 
१५राम बहादुर लामा४९राष्ट्रिय जनमुक्ति पार्टीघर३५ 
१६राम चन्‍द्र बजगाई५९स्वतन्त्रसयपत्रि फूल२६ 
१७राजु राम दाहाल४०स्वतन्त्रताल्चा साँचो२४ 
१८पुतली माया मगर४९सद्भावना पार्टीतीर२४ 
१९डोल बहादुर ठकुरी५०तराई मधेश पहाड हिमाल एकता पार्टीसिसाकलम

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु