dashain
Monday, 15 October 2018 04:39 pm, Nepal

महासंघ रोल्पाका अध्यक्ष अपहृत

मेचीकाली : 2013-11-19 18:26:55


रोल्पा, ४ मंसिर : नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मौसम रोकालाई नेकपा–माओवादीले अपहरण गरेको छ । थवाङ निवासी रोका मगरलाई मतदान गर्न गाउँ गएका बेला अपहरण गरिएको हो । 

रोल्पाको थवाङ गाविसलाई शून्य भोट बनाउने रणनीतिका साथ लागिपरेको माओवादीले रेडियो जलजला रोल्पाका स्टेसन व्यवस्थापक रहेका रोका मगरलाई अपहरण गरेको हो । एक हजार ८७५ मतदाताले फोटोसहितको मतदाता नामावलीमा नाम लेखाए पनि माओवादीको बहिष्कारका कारण उनीहरु मताधिकार प्रयोग गर्नबाट वञ्चित भएका छन् । 

कर्मचारी र सुरक्षाकर्मीले मात्र समानुपातिकमा भोट दिएपछि थवाङमा ३७ मत खसेको छ । अन्य ठाउँहरुमा भने रोल्पाली मतदाताले उत्साहपूर्ण तरिकाले भोट हालिरहेका छन् । रोल्पामा ८० प्रतिशतभन्दा बढी मत खस्ने अनुमान गरिएको छ । अहिलेसम्म झन्डै ६० प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी रोमनाथ न्यौपानेले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु