dashain
Wednesday, 17 October 2018 03:49 pm, Nepal

जुम्लामा मिनिबसमा आगजनी, मिनिबस पूर्णरुपमा क्षति

मेचीकाली : 2013-11-18 08:35:55


जुम्ला, ३ मंसिर : गएराती जुम्ला बसपार्क नजिकै रोकि राखेको मिनिबसमा आगजनी भएको छ । कर्णाली होटल एण्ड लजको अगाडी रोकि राखेको ना ४ ख ८६५६ नम्बरको काँक्रेविहार यातायातको मिनिबसमा आजगनी भएको हो । राती पौने दुई बजेतिर भएको आगजनीबाट मिनिबस पूर्ण रुपमा क्षति भएको छ । बसमा कोहि नभएकोले मानविय क्षति भने हुन पाएन । 

बसमा आगजनी गरेको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका दुई जना माथि अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक विश्वमणी पोखरेलले बताउनुभयो । बसमा आजगनी भएको जानकारी पाएपछि नेपाली सेना र नेपाल प्रहरीको टोली घटनास्थल पुगे पनि निभाउन नसकिएको प्रहरीले जनाएको छ । बसका चालक सन्दिप बुढाले तीन पटक पड्किएको सुनेर आउँदा आगोले बस पुरै जलिसकेको भेटेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु