dashain
Wednesday, 17 October 2018 12:40 am, Nepal

भारतबाट मतदान गर्न आउने बढे

रासस : 2013-11-18 08:26:09


डोटी, ३ मंसिर :  काडामाडौँ–९, चैकोटका बहादुरे विक भारतको महाराष्ट्रबाट मतदान गर्न घर आउनुभएको छ । उहाँमात्रै होइन जिल्लाका विभिन्न ग्रामीण बस्तीबाट कामको खोजीमा भारत गएका युवा घर फर्किसकेका छन् ।  देशमा बढ्दै गएको संविधानसभाको वातावरणलाई हेरेर मतदान गर्न मात्र घर आएको  सिमचौरका नागेन्द्र बमले बताउनुभयो । 

सबैलाई उस्तै जोस छ । संविधानसभाको चुनावमा मत दिनका लागि आफूहरु घर फर्केको उनीहरु बताउँछन् । संविधानसभाको चुनावपछि देशमा स्थायी कानुन बन्छ, शान्ति हुन्छ– घर फर्केकाहरुको विश्वास छ । 

मतदान गर्न आउने धेरै युवाको भनाइ छ– “देशमा रोजगारीको व्यवस्था होस् काम गर्न देश बाहिर जानु नपरोस् । ” भारतकै बङ्गलोरबाट फर्किएका गिरिचौका राजेन्द्र बोहराका भनाइमा विदेशमा गएर कठिन काम गर्नुभन्दा देशमै रोजगारी हुने व्यवस्था अब बन्ने संविधानमा लेखिनुपर्छ । 

विगतको चुनावले संविधान बनाउन नसके पनि यस पटकको चुनावले देशलाई समाधान दिने विश्वासका साथ आफू भारतबाट जागिर छोडेर चार महिना अगाडि आफ्नो गाउँ फर्केको धानुगाउँका ललित धानुकले बताउनुभयो । धानुक सरकारी स्वामित्वमा रहेको भारतको एक कम्पनीमा काम गर्ने युवक हुनुहुन्छ । धानुकको आशा – छ यस पटक भने देशले नयाँ संविधान  पाउने छ । 

यस पटक विदेशबाट कति जना घरतर्फ आएका छन् भन्ने यकिन तथ्यङ्क नभए पनि विशेषगरी भारतबाट घर आउनेहरु बसबाट धेरै भएको ट्राफिक कार्यालय अत्तरियाले जनाएको  छ । 

धेरै युवा विगतको निर्वाचन जस्तै मत दिन पाइन्छ भनी घर फर्किए पनि यस पटक परिचयपत्रको व्यवस्था गरिएकोबारे अनविज्ञ रहेको गाविस सचिव हेकराज जोशीले बताउनुभयो । उहाँका अनुसार अधिकांश युवा भारतबाट मत दिनका लागि जागिर छाडेर घर फर्केका छन् ।  विगतको समयमा निर्वाचनमा परिचय बनाएर नोकरीका लागि अन्यत्र गएकाहरुसमेत घर फर्किन थालेका छन् ।

संविधानसभाको चुनावलाई लक्ष्य गरी आवतजावत गर्नेहरु बढी रहेको यातायात व्यवसायी मानबहादुर धामीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु