dashain
Monday, 15 October 2018 04:38 pm, Nepal

मतदाता परिचयपत्रमा त्रुटि भेटियो

रासस : 2013-11-17 08:46:22


सप्तरी, २ मंसिर : जिल्ला निर्वाचन कार्यालयले सप्तरीमा वितरण गरेको मतदाता परिचयपत्रमा केही त्रुटि भेटिएको छ । निर्वाचन आयोगले तयार गरेको मतदाता परिचयपत्रमा केही समान्य त्रुटि फेला परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

मतदाता परिचयपत्र वितरण सुरु गरेको पहिलो दिन शनिबार सप्तरीको हरिपुर–४ निवासी परमेश्वरीदेवी साहको परिचयपत्रमा त्रुटि भेटिएको छ । साहको मतदाता परिचयपत्र नम्बर ११६३०६२३ मा नाम परमेश्वरी देवी हुनुपर्नेमा शिवजी साह लेखिएको छ । शिवजी साह उहाँको श्रीमानको नाम हो । 

परिचयपत्रमा फोटो परमेश्वरीदेवीको भए पनि उहाँको नामको सट्टामा उहाँको श्रीमानको नाम लेखिएको भेटिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख प्रदीप साहले जानकारी दिनुभयो । 

यस्तै राजविराज नगरपालिका–६ निवासी आशादेवी यादवको मतदाता परिचयपत्रको क्रमसङ्ख्या ९६ हुनुपर्नेमा ९१ लेखिएको फेला परेको निर्वाचन कार्यालयले जनाएको छ ।

मतदाता परिचयपत्रमा केही त्रुटि देखिए पनि निर्वाचन आयोगसँग सम्पर्क गरेर सच्याएर वितरण गर्दै आएको प्रमुख साहले बताउनुभयो । जिल्ला निर्वाचन कार्यालयले सम्बन्धित मतदान केन्द्रबाटै मतदाता परिचयपत्र वितरण सुरु गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु