ओखलढुंगा, १ मंसिर : एमाओवादी चुनावी सभाका लागि ओखलढंगाको रुम्जाटारबाट निशंखे जाँदै गरेको एमाओवादीका नेता कार्यकर्ता चढेको गाडी दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
चुनावी सभाका लागि जाँदै गरेको ना २ ख २३११ नम्बरको गाडी ठूलाछाप- ६ मा दुर्घटना हुँदा बसका सहचालक विकास कटुवालको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा एमाओवादी केन्द्रीय सदस्य एवं पूर्व विदेशविभाग प्रमुख राम कार्की तथा ओखलढुंगा १ का उम्मेदवार केशव राईसहित २३ जना घाइते भएका छन् । अहिले घाइते सबैलाई ओखलढुंगास्थित मिसन अस्पातल लगिएको प्रहरीले जनाएको छ । कार्की र राईसहित ११ जनाको अवस्था चिन्ताजनक छ । उनीहरुलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
-setopati.com