Wednesday, 20 September 2017 06:42 pm, Nepal

नचाहिने भए पनि निर्वाचन आयोगले आजदेखि मतदाता परिचय पत्र वितरण थाल्यो

मेचीकाली : 2013-11-12 17:45:41


ताप्लेजुङ, २६ कात्तिक : संविधानसभा चुनावका लागि निर्वाचन आयोगले आजदेखि अस्थायी मतदाता परिचयपत्र वितरण थालेको छ । आयोग आज ताप्लेजुङमा एक कार्यक्रम गरी परिचयपत्र वितरण सुरु गरेको हो । परिचयपत्र वितरणका लागि प्रमुख आयुक्त निलकण्ठ उप्रेती आज ताप्लेजुङ पुग्नुभएको थियो । 

परिचयपत्र वितरण गर्दै प्रमुख आयुक्त उप्रेतीले चुनाव सम्पन्न गर्न दिनरात काम भइरहेकोले निर्धारित समयमै चुनाब सम्पन्न हुनेमा शङ्का नगर्ने सबैलाई आग्रह गर्नुभयो । आयोगले कात्तिक २८ गतेसम्ममा सबै जिल्लामा परिचय पु¥याइसक्ने प्रवक्ता वीरबहादुर राई जानकारी दिनुभएको छ । उहाँले मङ्सिर १ र २ गते आ–आफ्ना जिल्लामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर परिचयपत्र लिन पनि सबैलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु