dashain
Wednesday, 17 October 2018 03:39 pm, Nepal

एउटै वडामा ६० टन स्याउ उत्पादन

रासस : 2013-11-10 16:49:05


जुम्ला, २४ कात्तिक : यस वर्ष पटमारा–९ उर्थुले ६० टन स्याउ उत्पादन गरी करिब रु २० लाख आम्दानी गरेको छ । विगतका वर्षमा भन्दा यसवर्ष स्याउ बढी उत्पादन भएपछि उर्थु गाउँका स्याउ कृषक  अत्यन्तै खुशी भएका छन् । 

डेढ वर्षदेखि आइपिएम पद्धतिअनुसार स्याउ खेती गर्न थालेपछि ‘ग्रेडए’को गुणस्तरीय स्याउ फलाउन सफल भएको देउती बज्यै आइपिएम कृषक पाठशाला एवम् वरिष्ठ स्याउ कृषक तुलबहादुर विष्टले बताउनुभयो । 

कृषक विष्टका अनुसार जुम्लाको स्याउले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न तथा गुणस्तरीय एवम् रोगमुक्त स्याउ उत्पादनका लागि आइपिएम प्रविधि अपनाएको हो । स्याउका अलवा त्यसबाट बनेको स्याउका चाना मात्र एक टन बेचिएको कृषि प्रसार अधिकृत धनप्रसाद देवकोटाले जानकारी दिनुभयो । 

 

यता बाली संरक्षण अधिकृत चन्द्रबहादुर बुढाले उर्थुबासी स्याउ कृषकलाई आम्दानीको केही अंश भएपनि स्याउ बगैंचा व्यावस्थापनमा लगानी गर्न अनुरोध गर्नुभयो । काउली, आलु, गोलभेडा र स्याउ खेतीमा आइपिएम कृषक पाठशाला सुरु गरिएपछि पटमारा, कुडारी र रारालिही गाविसमा उल्लेख्य सुधार आएको प्राविधिक सहायक खेमराज शाहीले अवगत गराउनुभयो । आइपिएम पद्धतिको राम्रो प्रभाव परेपछि जुम्ली  किसान यसप्रति आकर्षित भएको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु