dashain
Wednesday, 17 October 2018 03:39 pm, Nepal

ठूला दल प्रत्यक्ष उम्मेदवार जिताउने दाउमा, साना दल समानुपातिकको प्रचारमा

रासस : 2013-11-10 16:40:35


शुरबहादुर सिँह

जुम्ला, २४ कात्तिक : संविधानसभा सदस्य निर्वाचनमा आफ्नो दलको अधिकतम वर्चस्व कायम गराउन हिमाली जिल्लामा ठूला दलहरु प्रत्यक्ष उम्मेदवार जिताउने दाउमा छन् भने साना दलहरु आफ्नो सिट सुरक्षित गर्न समानुपातिक उम्मेदवारको प्रचारमा बढी व्यस्त छन् ।  

जुम्लास्थित फोरम लोकतान्त्रिक, राप्रपा, राजमो, नेकपा (माले), तमलोपा, राप्रपा नेपाल र नेमकिपा पार्टीले प्रत्यक्षमा आफ्नो उम्मेदवार विजयी हुने नदेखेपछि समानुपातिक सिट सुरक्षितका लागि पार्टीमा भोट हाल्न मतदातालाई आग्रह गर्दै आएको बताएका छन् । राप्रपा जुम्लाका समानुपातिक उम्मेदवार मनसुर सुनारले मतदाताहरुलाई प्रत्यक्षमा भोट हालेर खेर फाल्नुभन्दा मात्र हल्का रातो मतपत्रको हलो चिह्नमा भोट हाल्न अनुरोध गरेको बताउनुभयो । 

त्यसैगरी राजमोका गौरीलाल कार्की, राप्रपा नेपालका समानुपातिक उम्मेदवार धनबहादुर थापा, फोरम लोकतान्त्रिकका सरस्वती पाण्डे, नेकपा (माले)का हरिशरण आचार्यलगायतले समानुपातिक उम्मेदवारलाई छनोटमा पार्न आफ्नो पार्टीमा मत खसाल्न मतदाताहरुलाई आग्रह गरिएको जानकारी दिनुभयो । 

मुलुकलाई एक निर्वाचनस्थल मानेर मतदान गरिने यो पद्धतिअनुसार साना दलका ठूला नेताले आफूलाई सुरक्षित गर्न प्रत्यक्षभन्दा समानुपातिकमा उम्मेदवार दिएका छन् । “जुम्लामा पनि नेकपा (माले)बाट हरिशरण आचार्य, नेमकिपामा डिल्ली काफ्ले, राप्रपामा मनसुर सुनार, राजमोबाट गौरीलाल कार्की र राप्रपा नेपालबाट धनबहादुर थापाले समानुपातिक उम्मेदवारी दिनुले उनीहरु पछिको नेतृत्व र कार्यकर्ताहरु निराश देखिएका छन्”– भन्नुहुन्छ राप्रपा नेपालका पूर्व जिल्लाअध्यक्ष पूर्णसिंह कठायत । यो संस्कृति कर्णालीका पाँचवटा जिल्लामा मात्र नभएर नयाँ जन्मेका साना तथा केही ठूला दलहरुमा होडबाजीका रुपमा मुलुकभरि नै विकसित भएको पाइन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु