Tuesday, 26 September 2017 11:58 pm, Nepal

एमालेको चुनावी सभामा विष्फोट हुँदा ४ घाइते

मेचीकाली : 2013-11-09 15:37:55


ताप्लेजुङ, २३ कात्तिक : ताप्लेजुङको निर्वाचन क्षेत्र नम्बर २ स्थित खोक्लिङ गाविसमा एमालेले सभा गरिरहेको अज्ञात समूहले बम विस्फोट गराउँदा ४ जना घाइते भएका छन् ।  घाइते हुनेहरुमा रेनुका अधिकारी, मानबहादुर विश्वकर्मा, यज्ञ विक र तुलसी कार्की रहेका छन् । टाउको र छातीमा चोट लागेका उनीहरुको अवस्था गम्भीर छ । 

 

जिल्ला सदरमुकामबाट ४ घण्टाको पैदल दुरीमा पर्ने खोक्लिङको मोती उच्च माविमा  कार्यक्रम भइरहेको अज्ञात समूहले ग्रिनेट प्रहार गरेको थियो । सोही ठाउँमा अर्को बम प्रहार भएपनि विस्फोट नभएको स्थानीय इश्वरी भट्टराईले जानकारी दिए । 

 

अहिले घटनास्थलमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु