dashain
Wednesday, 17 October 2018 12:40 am, Nepal

पर्यटकको बाक्लो चाप हुँदा विमानस्थल अवरुद्ध

रासस : 2013-11-03 10:51:20


सोलुखुम्बु, १७ कात्तिक : तेन्जिङ हिलारी विमानस्थल लुक्लामा तीन दिनदेखि नियमित उडान नहुँदा यात्रुहरू मर्कामा परेका छन् । सगरमाथा क्षेत्रको भ्रमण सकेर काठमाडौँ फर्कन लागेका तथा सगरमाथा क्षेत्र घुम्न आउने पर्यटक उडान नहुँदा मारमा परेका हुन् । 

बाक्लो हुस्सु तथा तुवाँलोका कारण उडान प्रभावित भएपछि लुक्लामा करिब एक हजारभन्दा बढी पर्यटक विमानको पर्खाइमा रहेका तारा एयरलाइन्स लुक्लाका स्टेसन इन्चार्ज फुनुरु शेर्पाले बताउनुभयो । 

तुवाँलो र हुस्सुका कारण हेलिकप्टर कम्पनीहरूले समेत सेवा प्रवाह गर्न सकेका छैनन् । अहिले फाटफुट रूपमा मात्रै हेलिकप्टर सञ्चालन भइरहेको छ । 

शनिबार तारा एयरलाइन्सले तय गरेको ३२ वटा उडानमध्ये कुनै पनि उडान हुन सकेन । अन्य विमान कम्पनीले तय गरेका उडान पनि हुन नसकेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु