Tuesday, 26 September 2017 02:52 pm, Nepal

फुलको पर्वमा फुलकै अभाव, प्लास्टिकको फुलको माग वढ्दो

मेचीकाली : 2013-11-03 08:44:41


ताप्लेजुङ, १७ कात्तिक : फूलको पर्वले परिचित तिहारमा फूलकै अभाव भएको छ । केही वर्ष अघिसम्म ढकमक्क फुल्ने सयपत्रि र मखमली फुल हिजोआज लोपन्मुख वन्दै गएको छ । तर प्लास्टिकको मालाले विकल्प पुरा गरेको छ । देउसी भैलो खेल्नेले पनि घरको आगनमा गोलो आकारमा घुमेर भट्याउने क्रममा घरको झ्याल ढोकामा टागिएको फुललाई इङगीत गर्दै वत्तिको होइन,फुलको झिलीमिलि भन्छन । 

घरका झ्याल ढोका,भाडावर्तन र कलश सजाउन समेत फूलको प्रयोग गरिन्छ । अझ भाइटीकाको दिन चेलीबाट निधारमा सप्तरङ्गी टीका र गलाभरि माला पहिरिएर हिड्दा तिहार फूलकै पर्व हो भन्ने,भान हुन्छ । सयपत्रि फूलको सट्टा बजारबाट किनेर ल्याइएको प्लास्टिकको मालाले गला ढाकिएको देखिन्छ । भाईटीकामा माला लगाउनैपर्ने सामाजिक मान्यता भएकाले सयपत्रिको विकल्पमा प्लास्टिकको माला प्रगोग गर्ने क्रम वर्षेनी बढ्दो छ । बारीदेखि फुलवारीसम्म ढकमक्क फुल्ने सयपत्रि फूल आजभोली अमृत झै बनेको छ । 

पहिले पहिले तिहारमा शहरमा वस्नेले मरमसला,तेल र चिनी जस्ता समान वोकेर गाउँ जान्थे  र सयपत्री फुलको माला ल्याउथे । पसल गरेर वस्ने व्यापारी र गाउँमा खेती गर्ने किसानविच फुलको कारण भेटघाट हँुदा दुख सुखका गफगाफ समेत गर्न भ्याउथे । ताप्लेजुङ वजारका व्यवसायी गोपाल अधिकारीले यसवर्ष पनि प्लालिस्टकका माला विक्रीका लागि ल्याएका छन ।  अधिकारीले जस्तै वजारका थुप्रै पसलमा प्लास्टिकका माला झुन्डिएको देखिन्छ । अर्का व्यवसायी संन्दीप कुमार मेहेताले पनि तिहारका लागि प्लास्टिकको माला ल्याइ्इसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु