dashain
Monday, 15 October 2018 05:08 pm, Nepal

सुरक्षा दिन साइकल पनि छैन

रासस : 2013-11-02 10:57:44


सोलुखुम्बु, १६ कात्तिक : यहाँको प्रहरीसँग सुरक्षाका लागि खट्न सवारी साधनको नाममा साइकलसमेत छैन । पाँच वर्ष अगाडि नै जिल्ला सदरमुकाममा सडक यातायात जोडिएको र ३४ मध्ये करिब आधाजसो गाविसमा सडकको ट्र्याक खोलिएको भए पनि प्रहरीसँग सवारी साधनको नाममा जिप वा मोटरसाइकलको त कुरै छाडौँ साइकलसमेत छैन । 

प्रहरी नायब उपरीक्षक बद्रीविक्रम थापा भन्नुहुन्छ, “जिल्लाका बेनी, गार्मा, नेले, तिङला, केरुङ, नेचा बतासे र नेचा बेतघारीसम्म सवारी साधन प्रयोग गर्न सकिने भए पनि जिल्ला प्रहरी कार्यालयमा कुनै सवारी साधन उपलब्ध नहुँदा समस्या भएको छ ।”

 

अर्काे संविधानसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा जिल्लाको सुरक्षा स्थितिलाई अझ मजबुत बनाउन पनि सवारी साधनको आवश्यकता महसुस गरिएको हो । सवारी साधन नहुँदा निर्वाचन सुरक्षार्थ बाटो पुगेको ठाउँमा आउन जान समस्या भएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । 

थापाका अनुसार कसैले अपराध गरेमा सवारी साधन प्रयोग गरेर भाग्न सक्छ तर प्रहरीसँग पैदल दौड्नाको विकल्प नभएकाले समस्या छ । जिल्लामा सवारी साधन गुड्न थालेको यतिका समयसम्म पनि प्रहरीलाई भने कतैबाट सवारी साधन जुट्न नसक्दा निर्वाचन सुरक्षाका लागि झनै समस्या भएको प्रहरीको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु