Friday, 22 September 2017 05:39 pm, Nepal

पाँच महिनापछि पुग्छ व्यापारीको सामान

मेचीकाली : 2013-10-31 16:41:09


मुगु, १४ कात्तिक : कर्णाली राजमार्गअन्तर्गत नाग्मा गमगढी सडकखण्डबाट नेपालगन्ज र सुर्खेतबाट ढुवानी गरेका व्यापारीका सामान सदरमुकाम गमगढीमा पुग्न पाँच महिना लाग्ने गरेको छ । कर्णाली राजमार्गअन्तर्गत कालिकोट जिल्लाको नाग्मादेखि मुगुको सदरमुकाम गमगढीसम्म ९४ किलोमिटर सडकको मर्मत संभार नहँुदा मिनी ट्रक र ट्र्याक्टरबाट ढुवानी गरिएका व्यापारीका सामान पुग्न लामो समय लाग्ने गरेको हो ।

नेपाली सेनाले निर्माण गरिसकेपछि सडक विभागलाई आफ्नो काम जिम्मा लगाए पनि सडक विभागले सडकको व्यवस्थापन गर्न सकेको छैन । उक्त हमाली निर्माण सेवा जुम्ला र ताल्चादेखि गमगढीसम्मको केआर बिल्डस मुगुलाई ९४ किलोमिटर सडकको मर्मतका लागि सडक विभागले रु सात लाख रकम उपलब्ध गराएको भएपनि सन्तोषजनक कार्य हुन नसकेको हो । 

नियमित मर्मत नहुँदा नेपालगन्ज र सुर्खेतबाट आएका मालबाहक गाढी कालिकोट जिल्लाको नाग्मा जुम्ला जिल्लाको गोठी ज्युला र मुगुको पिना गाविसको झयारी खोलाभन्दा अघि बढ्न नसकेकाले तीन दिनदेखि चार दिनसम्म लाग्ने बाटो पाँच महिना लाग्ने गरेको उद्योग बाणिज्य सङ्घ मुगुका अध्यक्ष नरबिर रावत बताउनुभयो  ।

असारमा  नेपालगन्ज र सुर्खेतबाट १६ मिनी ट्रकमा ल्याएको ६४० क्विन्टल सामान जुम्ला जिल्लाको सिञ्जा क्षेत्रमा थन्किएपछि अहिले आप्mनो लगानीको आधाभाग नोक्सानी भइसकेको भण्डारी जनरल स्टोरका प्रोपाइटर रबी रावत बताउनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु