Sunday, 24 September 2017 12:35 pm, Nepal

मुगुमा त्रिपक्षीय प्रतिस्प्रर्धा हुँदै

रासस : 2013-10-30 16:46:22


नृपेन्द्रबहादुर मल्ल

मुगु, १३ कात्तिक : यस निर्वाचनमा मुगुबाट १७ राजनीतिक दलले प्रतक्ष्यतर्फ निर्वाचनका लागि आफ्ना उम्मेदवार चुनावी मैदानमा उत्तारे पनि प्रमुख तीन दल काँगे्रस, एमाले र एमाओवादीबीच प्रतिस्प्रर्धा हुने देखिएको छ ।

तीनै दलमध्ये काँगे्रसले २०४८ र २०५१ को संसदीय निर्वाचन, एमालेले २०५६ को संसदीय निर्वाचन र एमाओवादीले २०६४ को पहिलो संविधानसभा निर्वाचनमा जित्न सफल भएका थिए । 

पहिलो संविधानसभा निर्वाचनमा ३३ हजार ७२० मतदाता थिए निर्वाचन आयोगले तस्बिरसहितको मतदाता नामावली लागू गरे पछि यो संविधानसभामा २३ हजार ८१८ मतदाताले मतदान गर्दैछन् । 

जिल्लामा रहेका चार भेगमध्य काँगे्रस उम्मेदवार ऐनबहादुर शाहीको स्थायी बसोबास रहेको सोरुभेगमा पाँच हजार ४३४ मतदाता रहेका छन् उनीसँगै उक्त भेगबाट मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नन्दप्रसाद आर्चाय जैसीको पनि उम्मेदवारी छ । 

एमाले उम्मेदवार मोहन बानियाँको गृह भेग खत्याडमा सात हजार ६६९ मतदाता रहेका छन् उक्त भेगबाट एमाओवादीका उम्मेदवार सुकवीर बुढा र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजबहादुर मल्लको समेत उम्मेदवारी छ । 

अर्का प्रतिस्प्रर्धी एमाओवादीका उम्मेदवार सुकवीर बुढालाई अघिल्लो निर्वाचनमा आफ्नो पार्टीले जितेको साख जोगाउन आफ्नो भेगमा कडै मेहनत गर्नुपर्ने छ । अघिल्लो संविधानसभा चुनावमासँगै हिँडेका सहपाटीहरू अधिकांश चुनावको बहिष्कारमा रहेको मोहन वैद्य माओवादीमा गएका र अर्का सशक्त एमाले उम्मेदवार बानियाँ रहेकाले पनि उनलाई चुनौती छ ।

 

सबैभन्दा बढी सात हजार ९७४ मतदाता रहेको गमभेगमा अन्य १२ दलका उम्मेदवार छन ती दलहरूमध्ये यो भेगमा अखण्ड नेपाल पार्टी सशक्त देखिएको छ । अखण्ड छोडेर अन्य दलहरूले यो भेगका एक हजार जति मत काट्ने आँकलन गरिन्छ । अखण्ड नेपालका उम्मेदवार दर्जबहादुर भाम २०५२ सालको स्थानीय निर्वाचनमा एमालेबाट जिल्ला विकास समिति उपसभापतिमा निर्वाचित भएका थिए । 

सबैभन्दा कम दुई हजार ७४१ मतदाता रहेको करान भेगमा प्रत्यक्षतर्फ कुनै दलले आफ्ना उम्मेदवार उक्त भेगबाट उठाएका छैनन् । समानुपातिकबाट काँगे्रसले २०४९ सालमा काँगे्रसबाट जिल्ला विकास समितिको उपसभापति जितेका छिरिङ क्यापने लामा र एमाओवादीले टासी लामालाई उम्मेदवार बनाएका छन्

यो चुनावमा प्रमुख तिनै पार्टीका उम्मेदवार नयाँ अनुहार भएकाले कसले चुनावी बाजी मार्छ भन्न सजिलो छैन । रासस 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु