Friday, 22 September 2017 05:38 pm, Nepal

दुर्घटनामा मर्नेको सङ्ख्या नौ

रासस : 2013-10-29 10:49:35


ताप्लेजुङ, १२ कात्तिक : सोमबार भएको पिकअप भ्यान दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । आठ जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाने क्रममा बाटामा मृत्यु भएको हो । 

मृत्यु हुनेमा पाँचथर, फिदिम घर भई फुङ्लिङ–४ ताप्लेजुङ बजारमा व्यवसाय गर्दै आउनुभएका खगेन्द्र श्रेष्ठ, गाडीचालक तिरिङ्गे ताप्लेजुङका श्याम इजम, कालीखोला–४ की २२ वर्षीया शर्मिला कटुवाल र निजकी पाँच वर्षीया छोरी दीक्षा, लिंखिम ताप्लेजुङका बालध्वज लिम्बू, लिंखिम ठौवाकी दुर्गा रिजाल, वडा नं ३ कै सविना लिम्बू र सुभाङ–६ पा“चथरका अर्जुन ओझा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

एक महिलाको सनाखत हुन बा“की रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये छ जनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोे तथा थप चारलाई उपचारका लागि जिल्ला बाहिर पठाइएको छ । 

–ः ७ ः–

घाइते हुनेमा सहचालक दोखुका निमा शेर्पा, लिङ्खिम–३ का सन्तोष लिम्बू, युवराज लिम्बू, निसा लिम्बू र लोकमणि लिम्बू, पा“चथर सुभाङ–५ का रोशन ओझा र तारा ओझा, कालीखोला–४ का घनश्याम कटुवाल, समीक्षा कटुवाल र राजन श्रेष्ठ, फुङ्लिङ–४ का नरेन्द्र दाहाल र धरानका रञ्जित प्रधान छन् । 

अधिकांशको टाउकामा गम्भीर चोट लागेको अस्पतालका डा अनिल चौधरीले जानकारी दिनुभयो । धेरैको हात र खुट्टा भा“चिएको छ । मे१ज १४३७ नं को पिकअप भ्यान दिउँसो ३ः३० बजेतिर दोखु गाविसको धुसेनी भिरमा ५०० मिटर तल खसेको थियो । भ्यान आइतबार सा“झ ७ बजेतिर पा“चथरको फलैँचा गई सोमबार फर्केको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु