Tuesday, 26 September 2017 04:55 pm, Nepal

ताप्लेजुङमा जीप दुर्घटना, एक बच्चासहित आठ जनाको मृत्यु

मेचीकाली : 2013-10-28 17:40:59


 ताप्लेजुङ, ११ कात्तिक : पाँचथरबाट ताप्लेजुङ सदरमुकामतर्फ आउँदै गरेको जीप आज ताप्लेजुङमा दुर्घटना हुँदाएक बच्चासहित आठ जनाको मृत्यु भएको छ । मेची राजमार्गअन्तर्गत ताप्जेजुङको दोखु गाविसको धुसेनी भीरमा भएको सवारी दुर्घटनामा चालक र गाडी धनीसहित आठ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।  दुर्घटनामा अरू १० जना जनाभन्दा बढी घाइते भएका छन् । 

पाँचथरको फिदिमबाट यात्रु लिएर आउँदै गरेको मे १ ज १४३७ नम्बरको जीप धुसेनी भीरमा दुर्घटना भएको हो । मृतकमध्ये गाडी धनी खगेन्द्र श्रेष्ठ र चालक श्यामको मात्र सनाखत भएको छ । चालकको थर खुल्न सकेको छैन । घटना भएको खबर पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र पहरी, नेपाली सेनालगायतले उद्धार गरिरहेको प्रहरीले जनाएको छ । घाइतेको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ । घटनाको थप विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु